महात्मा गान्धी एकपटक आफ्नी श्रीमती कस्तुरबासँग चम्पारन भन्ने गाउँमा केही दिनका लागि गएका थिए । एकदिन उनी आफ्नी श्रीमतीसँग गफ गदै चर्खामा बुनिरहेको थिए । अचानक घर बाहिर होहल्ला सुनियो । दुवै पति पत्नी हल्ला सुनेर घर बाहिर आए । घर बाहिर बाटोमा बाजा गाजा बजाउँदै फूल मालाले सजाएर एउटा बोकालाई कालीको मन्दिरमा बलि दिन लगिदै थियो । त्यो देखेर कस्तुरबालाई त्यस बोकाको माया लागेर बलि दिन उचित लगानीले भविष्य सुखद बनाउँछ । रोक्न महात्मा गान्धीलाई अनुरोध गरिन् । त्यसपछि गान्धीले ति व्यक्तिहरु सँग सोधे ‘यो बोकाको बलि दिएर तिमीहरु के पाउँछौ ? ’ ति मध्ये एउटाले भन्यो ‘यो बोकाको बलि दिए पछि देवी खुशी हुनेछिन् र हाम्रो रोग, दुःख, गरीबी सबै भाग्नेछ, साथै गाउँमा सुख शान्ति छाउँनेछ ।‘ त्यस पछि गान्धीले फेरी अर्काे प्रशन सोधे ‘मानिस र जनावरमा को श्रेष्ठ छ ?‘ त्यो व्यक्तिले तुरुन्त ‘मानिस’ भन्यो । त्यसपछि गान्धीले मुस्कुराउदै भने ‘जब मानिस जनावर भन्दा श्रेष्ठ हो भने जनावरको साटो मानिसको बलि दिदा देवी झन् खुशी हुनेछिन् । लु भन तिमीहरु मध्ये को देवीको अघि बलि दिन तैयार छौ?’
यो कुरा सुन्ना साथ सबै चूपचाप भए । त्यसपछि गान्धीले भने ‘ यदि तिमीहरु कोही बलि दिन तैयार छैनौ भने म बलि चढ्न तैयार छु ।’ त्यसपछि गाउँलेहरु गान्धीका अगाडी नतमस्तक भए र बोकालाई छोडी दिए र आउँदो दिनमा बलि नचढाउने प्रण गरे ।
प्रेरक कथा (मान्छेको बली)
