गर्मीमा लाग्ने रोगहरुबाट बच्ने उपायहरु

हामीमध्ये धेरैले याद गरेको हुनुपर्छ, जाडोयाममा भन्दा गर्मीयाममा बाहिरी वातावरणका कारण धेरै नै बिरामी हुने गर्दछौं । गर्मीको उच्च तापक्रमका कारण शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा कमी आउने हुँदा हामी प्रायः जसो गर्मी याममा बढी बिरामी पर्ने गर्दछौं । एकै किसिमको जीवनशैली र खानपान हुँदाहुँदै पनि गर्मीमा धेरै बिरामी पर्ने भएकोले हामीले समयमा स्वस्थ्य रहने अनेकौं उपायहरु अपनाउनु पर्दछ । चिसोमा भन्दा तातो समयमा तुलनात्मक रुपमा भाइरसहरु एक्टीभ रहने हुँदा गर्मीमा रोगहरुले छिट्टै समात्ने गर्दछन् । खानपानमा उचित ध्यान दिँदादिँदै पनि हाम्रो अन्य क्रियाकलाप तथा जीवनशैलीका कारण प्रभाव पार्ने हुँदा हामीले गर्मीयाममा आफ्नो शरीरलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । गर्मीमा विशेषगरी निम्न रोगहरु देखा पर्दछन्ः भाइरल ज्वरो डेंगु ज्वरो रुघाखोकी निमोनिया झाडा बान्ता रोकथाम तथा बच्ने उपाय प्रदूषित हावा तथा वातावरणका कारण लाग्ने यस्ता रोगहरुबाट हामीले बेलैमा सावधानी अपनाएको खण्डमा बच्न पनि सक्छौं ।

त्यसका लागि हामीले निम्न उपायहरु अपनाउन सकिन्छः

  • शुद्ध पानीको सेवन अत्याधिक मात्रामा गर्ने
  • खानपिनमा विशेष ध्यान दिने ताजा र सफा खानपिनमा जोड दिने साग सब्जीको बढी प्रयोग गर्ने
  • सुत्दा होस् या अन्य समयमा सम्पूर्ण शरीर ढाक्ने कपडा लगाउने
  • राति सुत्दा झुलको प्रयोग गर्ने सकेसम्म खाटमा सुत्ने
  • घाममा हिँड्दा छाता वा अन्य केहीको प्रयोगले टाउको ढाक्ने
  • सरसफाइमा विशेष ध्यान दिने
  • लामखुट्टेको टोकाइबाट जोगिने
  • खाली खुट्टा नहिड्ने

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com