- दाङको गढवा–कोइलाबास सडक खण्डको चिसापानीमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् ।
- भारतीय सीमावर्ती गाउँ कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस आज दिउँसो गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना भएको हो ।
- दुर्घटनाको कारण खुलेको छैन । तर प्रहरी नियन्त्रणमा रहेका चालकले ओरालोमा ब्रेक फेल भई बस अनियन्त्रित भएर दुर्घटना भएको बताएका छन् ।
- प्रहरीका अनुसार बस सडक किनारको नालीमा पल्टिएको छ ।
दाङको कोइलाबासमा बस दुर्घटना
