- भारतीय अर्बपति मुकेश अम्बानीका छोरा अनन्त र राधिका मर्चेन्टको विवाहको चर्चा अझ गर्माएको छ । इटाली र फ्रान्समा हुने दोस्रो चरणको प्रि-वेडिङ समारोहमा सहभागी हुन बलिउड स्टार त्यसतर्फ लागेका छन् ।
- यसअघि गुजरातको जामनगरमा भएको प्रि-वेडिङ समारोह अन्तर्राष्ट्रिय पपस्टार रिहानाको उपस्थितिले खास भएको थियो । यो जोडी दोस्रो प्रि-वेडिङ समारोहका लागि तयार छ ।
- विश्वचर्चित हिपहप स्टार पिटबुलले गुरु रान्धावासँगै अम्बानीको दोस्रो प्रि-वेडिङ समारोहमा प्रस्तुति दिने भएका छन् । चार दिन लामो समारोहमा पिटबुलले मनोरञ्जन दिने जनाइएको छ ।
अम्बानीको प्रि-वेडिङमा हिपहप स्टार पिटबुलले प्रस्तुति दिने