- स्पानिस क्लब रियल मड्रिडले १५औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
- शनिबार राति लण्डनस्थित वेम्बली स्टेडियममा भएको फाइनलमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-० ले हराउँदै रियल च्याम्पियन बनेको हो ।
- रियलको जितमा डानी कार्भाजल र भिनिसियस जुनियरले दोस्रो हाफमा गोल गरे ।
- डर्टमण्डले पनि गोल गर्ने केही अवसर नाएको थियो तर सदुपयोग गर्न सकेन ।
- च्याम्पियन्स लिगमा सधैं फेभरेट टोलीको रुपमा रहने रियलले कीर्तिमानी १५ पटक उपाधि जितेको हो ।
रियल मड्रिडले १५औं पटक च्याम्पियन्स लिग जिते