नियमित कसरतको बानी बसाल्ने तरिकाहरु

  • बिहान,दिउँसो र साँझ १०–१० मिनेट गरेर प्रत्येक दिन ३० मिनेट कसरत गर्ने हो भने शरीरलाई फाइदा पुग्छ।
  • साथीसँग व्यायाम गर्ने, साथीसँग कसरत गर्दा तपाईंलाई ट्र्याकमा रहन र नियमित कसरत गर्न मद्दत हुन सक्छ।
  • यदि तपाईं हिँड्दै हुनुहुन्छ भने छिटो हिँड्ने बानी बसाल्नुहोस्। यसले तपाईंको तौल नियन्त्रण गर्न सहयोग गर्छ।
  • खाना खानुअघि कम्तीमा २० मिनेट पैदल हिँड्नाले तपाईंलाई ऊर्जावान राख्न मद्दत गर्छ।
  • हिँड्दा या कसरत गर्दा आफ्नो गोल सेट गर्ने हो भने त्यसले आफैंलाई उत्प्रेरणा मिल्न सक्छ।
  • घरमा बस्दा फोन चलाउने, टिभी हेर्ने जस्ता बानीहरु कम गर्ने, वरपर हिँड्ने, चौरमा पल्टिने लगायतका कुराहरु गर्नाले नयाँ ऊर्जा मिल्न सक्छ।
  • टिभी हेर्दा साधारण अभ्यास गर्ने प्रयास गर्न सकिन्छ। वा काममा रिमाइन्डर सेट गरेर बीचबीचमा उठेर केही मिनेट हिँड्नुहोस्।
  • जतिसुकै व्यस्तता भए तापनि हरेक दिन केही समय कसरतको लागि छुट्याउन सकिन्छ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com