- अढाइ वर्षदेखि जारी रुस र युक्रेन युद्धले मानव जीवनलाई मात्र होइन, वन्यजन्तुलाई समेत असर गरेको छ । त्यसको उदाहरणको रुपमा संकटमा परेको चीलको एक प्रजातिलाई अनुसन्धानकर्ताहरुले प्रस्तुत गरेका छन् ।
- युद्धका कारण यी चीलले बसाइँसराइका लागि यात्रा गर्ने बाटो बदलेका छन् । घुमाउरो र लामो बाटो प्रयोग गर्दा उनीहरुको यात्रा अवधि पनि लम्बिएको छ ।
- एस्टोनिया युनिभर्सिटी अफ लाइफ साइन्स र ब्रिटिश ट्रष्ट फर ओरनिथोलोजीका शोधकर्ताले युद्धले वन्यजन्तुमाथि परेको असरबारे अध्ययन गरेका थिए । उनीहरुको निष्कर्ष छ– युद्धबाट पर्यावरणमा हुने क्षतिको सीधा सम्बन्ध ‘ग्रेटर स्पोटेड’ चीलको बसाइँ र उनीहरुको यात्रामा देखिएको छ । यसबाट भन्न सकिन्छ युद्धबाट मानिस मात्र होइन, बरु जनावर र पन्छीहरु पनि पीडित भएका छन् ।
रुस र युक्रेन युद्धलेगर्दा चीललाई समेत असर
