Skip to content
- आमा,बुवा तथा वृद्धहरु ईश्वरका रुप हुन्, उनीहरुलाई सधै सम्मान गरौँ ।
- परिवार भित्र एकले अर्कालाई मर्यादा अनुसार मान–सम्मान गरौँ ।
- विहान, बेलुकी परिवारमा एकआपसमा आशीर्वाद लिने–दिने परम्परा बसालौँ ।
- परिवार भित्र भोजन, मनोरञ्जन जस्ता कार्य सामूहिक रुपमा गरौँ ।
- चर्काे बोलीको सट्टा सधैँ हाँसेर सानो बोली प्रयोग गरौँ ।
- देश, काल,परिस्थिति र अवस्थालाई विचार गरेर योजना बनाउँ ।
- शरीरमा रोग, मनमा शोक र जीवनमा चिन्ता गराउने कुनै काम नगरौँ ।
- हरेक दिन विहान आज म नराम्रो गर्दिन, नराम्रो बोल्दिन र नराम्रो खादिँन भन्ने संकल्प गरौँ ।
- घरको विवादलाई त्यसै दिन घर भित्रै सद्भावनापूर्वक समाधान गरौँ ।
- कमाएको धन र विद्याले धर्म, संस्कृति र समाजलाई पनि योगदान पुर्याउँछ ।