कपिराइटका कारण युट्युबले हटायो भाइरल गीत ‘बडो बडी’

  • युट्युबले पाकिस्तानी मूलका ब्रिटिश गायक चाहत फतेह अलि खानको भाइरल गीत ‘बडो बडी’ हटाएको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार कपिराइटको कारण देखाउँदै युट्युबले बुधबार भिडिओ हटाएको हो ।
  • खानले गत अप्रिलमा उक्त भिडिओ युट्युबमा अपलोड गरेका थिए । सार्वजनिक भएको दुई महिनामै ‘बडो बडी’ गीतले २८ मिलियन (दुई करोड ८० लाख) बढी भ्युज पाएको थियो ।
  • अनौठो शैलीको उक्त गीतलाई कतिले मनोरञ्जनका रूपमा लिए भने कतिले अर्थ न बर्थको गीत भएको टिप्पणी गरेका थिए । यो गीत पाकिस्तान बाहेक भारत र अन्य केही देशमा चर्चित बनेको थियो ।
  • स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त गीत पाकिस्तानी गायिका मलिका तारामन नूरजेहनको ‘अख लडी बडो बडी’बाट लय र शब्द दुरुस्तै उतारिएको आरोप लागेको छ । सन् १९७३ मा सार्वजनिक भएको फिल्म ‘बनारसी ठग’ मा यो गीत राखिएको थियो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com