- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी)बाट नवनिर्वाचित लोकसभा सांसद कंगना रनौतमाथि चण्डीगढ विमानस्थलको सुरक्षार्थ खटिएकी सीआईएसएफ महिला जवानले थप्पड हानेकी छन् ।
- चुनाव जितेपछि कंगना दिल्ली जाँदै थिइन् । सामाजिक संजालमा सेयर गरिएका भिडियोमा ती महिला सुरक्षाकर्मीले एयरपोर्टको सुरक्षा घेराभित्रै कंगनालाई थप्पड हानेको देखिन्छ । त्यसपछि कंगनालाई सुरक्षा दिएर लगिएको छ ।
- स्रोतका अनुसार कंगना शहीद भगत सिंह इन्टरनेशनल एयरपोर्टबाट चण्डीगढबाट दिल्लीको लागि चेक इन गरिरहेकी थिइन्, त्यहाँ सीआईएसएफमा तैनाथ महिला सुरक्षाकर्मीले उनलाई सोधिन्- ‘तपाईंले बिजेपीबाट जित्नुभएको छ । तपाईको पार्टीले किन किसानका लागि केही गर्दैन ?’
कंगना रनौतलाई एयरपोर्टमा महिला सुरक्षाकर्मीले हानिन् थप्पड