छोडपत्र भइसकेकी श्रीमतीको हत्या

  • दाङको तुलसीपुरमा नेपाली सेनाका अमलदार ३६ वर्षीय शालिकराम बुढाथोकीले छोडपत्र भइसकेकी श्रीमतीको हत्या गरेका छन् ।
  • करिब ३० वर्षीया टीका रावत ज्यान जोगाउन डेरा कोठाबाट भागेर छिमेकीको घरमा पुगे पनि शालिकराम त्यहीँ पुगेर धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
  • इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलका अनुसार शालिकराम र टीकाबीच जेठ १४ गते मात्र छोडपत्र भएको थियो ।
  • आफ्ना सामान लिन भनेर शालिकराम आज बिहान ८ः२५ बजेतिर डेरा कोठामा पुग्दा विवाद भएपछि घटना भएको रहेछ,’ डिएसपी पोखरेलले भने ।
  • आक्रमणबाट जोगिँदै टीका डेरा कोठाबाट भागेर छिमेकी तुलसीराम ओलीको घरको पहिलो तालाको कौसीमा पुगेकी थिइन् । शालिकराम त्यहीँ गएर हतियार प्रहार गरेर हत्या गरेको डीएसपी पोखरेलले जानकारी दिए ।
  • सैनिक जवान थापा माथिको आक्रमण र सोही दिन टीकाको हत्या भएको घटनाको सम्बन्ध केलाउँदै अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com