एलजीले टी-२० विश्वकपको अवसरमा टिभीमा ४०% सम्मको छुट दिंदै

  • टी-ट्वान्टी विश्वकप क्रिकेटको अवसरमा नेपाली उपभोक्ताका लागि एलजीले ‘खेल्छ नेपाल घर घरमा’ नामक नयाँ योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले एलजी टिभीबाट घरमै स्टेडियम बराबरको मज्जा लिई क्याशब्याक र उपहार पनि जित्न सक्ने कम्पनीले जनाएको छ ।
  • योजना अनुसार कुनै पनि एलजी टिभीको खरिदमा ४० प्रतिशतसम्मको नगद छुट र रु. एक लाखको व्यक्तिगत दुर्घटना बीमा उपलब्ध छ ।
  • साथै एलजी ओलेड टिभी वा ८६ इन्चको टिभी खरिदमा एलजी साउन्डबार एस एन फोर उपहार सित्तैमा पाइनेछ । कम्पनीका अनुसार ३२ इन्चदेखि ८६ इन्च साइजसम्ममा उपलब्ध एलजीका टिभीहरु ओलेड, क्युनेड, सुपर यूएचडी, यूएचडी र स्मार्ट क्याटेगरीमा नेपाली बजारमा उपलब्ध छन् ।
  • यो योजना जेठ १७ गतेदेखि नेपालभर सीमित अवधिको लागि लागू गरिएको छ । नेपालमा एलजी ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्स रहेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com