क्लासिक टेकले ल्यायो ‘बुलेट बाइक सरर, इन्टरनेट टिभी फरर’ अफर

  • इन्टरनेट सेवाप्रदायक क्लासिक टेकले ‘बुलेट बाइक सरर, इन्टरनेट टिभी फरर’ नामक अफर सार्वजनिक गरेको छ । यस अन्तर्गत डिजिटल वालेट ‘सेल पे’ मार्फत इन्टरनेट टिभीकाे बिल भुक्तानी गर्दा रोयल इन्फिल्ड क्लासिक ३५०सीसी बुलेट बाइक जित्न सक्नेछन् ।
  • साथै हरेक महिना म्याकबुक, आईप्याड र एप्पल वाच जित्ने अवसर पनि रहेको कम्पनीले जनाएकाे छ ।
  • अफरमा पुराना ग्राहकले लागि रिचार्ज अफरमा ३२५ एमबीपीएस सहित २०० प्लस एचडी र एसडी च्यानल रहेको इन्टरनेट टिभी प्रति महिना ७९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् ।
  • नयाँ ग्राहकले भने तीन महिनाका लागि २०० एमबीपीएस इन्टरनेट तीन हजार ३०० रुपैयाँमा वाई-फाई ६ राउटर सहितको प्याकेज प्राप्त गर्नेछन् ।
  • यस अफर आगामी  कात्तिक मसान्त सञ्चालन हुने कम्पनीले जनाएको छ ।
  • डिजिटल प्रविधिको उपयोगसँगै बिना झन्झट रकम भुक्तानी गर्न सकिने भएकोले आफ्ना नयाँ तथा पुराना ग्राहकहरूलाई इन्टरनेट टिभीको भुक्तानी सेल पे मार्फत नै गर्न कम्पनीले आग्रह गरेकाे छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com