सुर्ती छोड्नुपर्ने १० कारण

आज विश्व धुमपानरहित दिवस। सुर्तीले हरेक वर्ष ८० लाख मानिसको ज्यान लिन्छ। सुर्ती छोड्ने कुरा चुनौतीपूर्ण हुनसक्छ। तर सुर्ती छोड्ने धेरै कारण छन्।

  • धूमपान गर्नेहरूमा कोभिड—१९ रोग झनै गम्भीर हुने र मृत्यु हुने अधिक जोखिम हुन्छ। 
  • हरेक कुरा गन्हाउँछ – तपाईंको छाला, पूरै घर, लुगा र औँलाहरू अनि सास सबैकुरा गन्हाउँछन्।
  • सुर्तीले तपाईंको दाँत पहेँलो हुन्छ र दाँतको वरिपरि धेरै फोहर (दन्तेलेउ) बढाउँछ।
  • धूमपान र धूँवारहित सुर्तीको सेवनले सास गन्हाउने हुन्छ।
  • सुर्तीले तपाईंको छालामा चाउरीपन आउँछ, उमेरभन्दा चाँडै बुढो देखाउँछ। सानै उमेरबाट धूमपान गर्दा छालाको प्रोटिनमा ह्रास हुने र यसले गर्दा छालाको लचकता हराउँदै जाने, यसमा हुने भिटामिन ए कमी हुने र रगतको प्रवाहमा अवरोध आउने हुन्छ। 
  • चाउरीपन ओठ र आँखा वरिपरि धेरै देखिन्छ, अनि सुर्तीले छालालाई खस्रो र सुख्खा पनि बनाउँछ।
  • धूमपानले सङ्क्रामक नहुने तर छाला चिलाउने र शरीरभरि रातो धब्बाहरू उत्पन्न गराउने रोग सोरायसिसको जोखिम बढाउँछ।
  • अरुले गरेको धूमपानको असरले हरेक वर्ष १० लाखन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। 
  • धूमपान नगर्ने तर अरुले गरेको धूमपानको सम्पर्कमा आउने व्यक्तिहरूमा फोक्सोको क्यान्सर हुने जोखिम बढ्छ।
  • आगलागीका घटना र त्यसबाट मृत्यु हुने एउटा प्रमुख कारण चुरोट पनि हो।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com