रजनीकान्त र सलमान खानलाई सँगै पर्दामा ल्याउने तयारी

  • दक्षिण भारतीय निर्देशक एट्लीले बलिउड बादशाह शाहरुख खानलाई लिएर फिल्म ‘जवान’बाट बलिउडमा डेब्यु गरे । उनी निर्देशित यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाइ गर्‍यो । फिल्मले उठाएका मुद्दालाई लिएर पनि समीक्षक र दर्शकले प्रशंसा गरे ।
  • एट्ली अब इतिहासमै पहिलोपटक दुई सुपरस्टार जोडीलाई एकसाथ काम गराउने तयारीमा छन् ।
  • स्रोतलाई उद्धृत गर्दै भारतीय मिडिया बलिउड हंगामाले दक्षिण भारतीय सुपरस्टार रजनीकान्त र बलिउड सुपरस्टार सलमान खानले एट्लीको फिल्ममा काम गर्ने योजना बनिरहेको जनाएको छ ।
  • सलमान हाल ‘सिकन्दर’को छायांकनमा व्यस्त छन् भने रजनीकान्त ‘कुली’मा काम गर्दैछन् । यी दुवै फिल्मको काम सकिएपछि एट्लीले आफ्नो फिल्म सुरु गर्ने योजना बनाएका छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com