- हलिउड अभिनेता बिल कोब्सको निधन भएको छ । डेमोलिसन म्यान, द्याट थिङ्स यु डु, एयर बड जस्ता हिट फिल्मका अभिनेता कोब्सको ९० वर्षको उमेरमा निधन भएको परिवारका सदस्यलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
- कोब्सका भाइ थोमसले फेसबुक पोस्टमार्फत जानकारी दिंदै आफ्ना दाजु बिलको क्यालिफोर्नियास्थित घरमा मंगलबार निधन भएको पुष्टि गरेका छन् ।
- पाँच दशक लामो फिल्मी करिअरमा कोब्सले करिब २०० फिल्म र टिभी शोहरु दिए । सन् १९९३ मा उनी अभिनित एक्सन-थ्रिलर फिल्म ‘डेमोलिसन म्यान’ र सन् १९९६ को अस्कर नोमिनेटेड क्लासिक फिल्म ‘द्याट थिङ यु डु’ सर्वाधिक रुचाइएका थिए ।
- साथै द हिटर, ट्रेडिङ प्लेस र अस्कर विजेता ‘द कलर अफ मनी’ लगायत फिल्ममा पनि अभिनय गरेका थिए । उनी पछिल्लो पटक सन् २०२३ मा टिभी मिनी श्रृंखला ‘इन्कन्डेसेन्ट लभ’ मा देखिएका थिए ।
हलिउड अभिनेता बिल कोब्सको निधन