‘मिस्टर बिस्ट’ बने सबैभन्दा बढी सब्सक्राइबर भएको युट्युबर
‘मिस्टर बिस्ट’ नामक युट्युब च्यानल सबैभन्दा बढी सब्सक्राइबरर भएको युट्युब च्यानल बनेको छ ।
सब्सक्राइबरका हिसाबले निरन्तर छ वर्षदेखि सबैभन्दा शीर्ष स्थानमा रहेको भारतको टी-सिरिजलाई पछि पार्दै ‘मिस्टर बिस्ट’ आइतबार सबैभन्दा बढी सब्सक्राइबर भएको युट्युब च्यानल बनेको हो ।
टी-सिरिजलाई पछि पारेपछि मिस्टर बिस्टले सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै छ वर्षपछि प्युडिपाईको बदला लियौं भनेका छन् ।
मिस्टर बिस्ट नगद तथा अन्य वस्तुको पुरस्कार र परोपकारी कार्य देखाउने भिडिओका लागि चर्चित छ । मनोरञ्जनात्मक भिडिओ सामग्री र दर्शकहरूसँग लगातार जोडिरहने भएकाले यो च्यानललाई ठूलो सफलता मिलेको बताइन्छ ।