एकचोटी भनेको कुरा कहिले काट्दिन।
८ . प्रेमी : प्रिय तिमि कति बर्ष कि भयौ ?
लजाउदै ..प्रेमिका : सोर बर्ष..!!
प्रेमी : तर पाँच बर्ष अगाडि पनि तिमीले आफ्नो उमेर यहि नै बताएकी थियौँ।
अलि गम्भीर भए जस्तै गर्दै ..प्रेमिका : म आफुले एकचोटी भनेको कुरा कहिले काट्दिन।
तिम्रो फोटो राख र अरु चाहिँ फिर्ता गरिदिनु ल ..!!
विदेशमा भएको लाहुरे प्रेमी लई उसको प्रेमिकाले आफ्नो बिहे भएको र तिमीसंग भएको फोटो फिर्ता गर भनि चिठ्ठी लेखि पठाउछे ..!!
लाउरे पनि के कम उसले आफुसंग भएका केटीहरुको फोटो जम्मा गर्यो र लेख्यो:
प्रिय भूपू मायालु ..
मैले तिंमी कुन चाहिँ हो भनेर चिन्न सकिन…. त्यसैले कृपया तिम्रो फोटो राख र अरु चाहिँ फिर्ता गरिदिनु ल ..!!