जडीबुटी खोज्ने क्रममा लडेर एक जनाको मृत्यु

  • सिन्धुलीमा एक जना पुरुषको लडेर मृत्यु भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार जडीबुटी खोज्न जंगल गएका मरिण गाउँपालिका-२ कटनडाँडाका ५८ वर्षीय टेकबहादुर दंगालीको लडेर मृत्यु भएको हो ।
  • दंगाली जेठ ३२ गते दिउँसो १ बजे जंगल गएका थिए । तर, राति अबेरसम्म नफर्किएपछि खोज्ने क्रममा शनिबार मुंग्रशिर भीरको खोंचमा उनी मृत फेला परेका हुन् ।
  • उनको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com