फ्रान्सको संघर्षपूर्ण जित

  • युरो २०२४ को दाबेदारमध्ये एक टोली फ्रान्सले पहिलो खेलमा अष्ट्रियाविरुदध संघर्षपूर्ण जित हात पारेपनि कप्तान केलिएन एमबाप्पेको चोट चिन्ताको विषय बनेको छ ।
  • समूह डी अन्तर्गत डुसेलडोर्फ एरेनामा गएराति भएको खेलमा फ्रान्सले आत्मघाती गोल मद्दतमा अष्ट्रियालाई हराएर सुरुआती ३ अंक जोड्यो । नाकमा चोट लागेर मैदान बाहिरिनुअघि एमबाप्पेल उत्कृष्ट प्रदर्शन गरेका थिए ।
  • ३८औं मिनेटमा एमबाप्पेको प्रहार बचाउने क्रममा अष्ट्रियाका म्याक्स वोरले आत्मघाती गोल गरेका थिए । तर फ्रान्सलाई ३ अंक दिलाउन सहयोग गरेका एम्बाप्पे आफैँ नाकमा चोट लागेपछि मैदान बाहिरिनु परेको थियो ।
  • ‘उनको अवस्था ठिक छैन । उनको नाकमा ठूलो चोट लागेको छ,’ डेसच्याम्पले पोष्ट म्याच कन्फेरेन्समा भने, ‘यो कस्तो छ भनेर हामीले परिक्षण गर्नुपर्नेछ । जुन हाम्रो लागि दर्भाग्य हो ।’

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com