संघर्ष र सफलता

  • जिन्दगी परिवर्तन हुन समय लाग्दैन, तर समय परिवर्तन गर्न पूरै जिन्दगी लाग्ने गर्छ ।
  • गल्ती मान्न र गलत छोड्न कहिले ढिलो नगर्नुहोस् किनकी जति ढिलो उति कठिनाइ बढ्दै जान्छ ।
  • व्यक्तिले घर परिवर्तन गर्छ, सम्बन्ध परिवर्तन गर्छ र पनि उ दुःखी रही रहन्छ, किनकी उसले आफ्नो आदत परिवर्तन गर्दैन ।
  • मेहेनती व्यक्तिका लागि पहाड पनि ढुङ्गा हो र अल्छे व्यक्तिका लागि ढुङ्गा पनि पहाड हो ।
  • हरेक सानो परिवर्तन ठूलो सफलताको अङ्ग हुन्छ ।
  • सबैलाई खुसी राख्नु शायद हाम्रो वशमा छैन, तर कसैलाई हाम्रो कारणले दुःख नहोस् यो हाम्रो वशमा हुन्छ ।
  • जित्ने व्यक्ति मात्र होइन, कहाँ हार्नुपर्ने हो भनेर थाहा पाउने व्यक्ति पनि महान् हुन्छ ।

Share This:

खेलकुद समाचार

  • नेपाली राष्ट्रिय क्रिकेट टोलीले १० वर्षपछि टी(२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्दैछ।
  • इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले वोल्भ्समाथि फराकिलो जित हासिल गरेको छ ।
  • लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर ९एमएलएस० मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ ।
  • इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुदै छन् ।
  • उपाधि होडमा रहेको बार्सिलोनाले जिरोनासँग हार बेहोरेसँगै रियलले चार खेलअघि नै ३६ औँ उपाधि जितेको हो।

Share This:

स्वस्थ्य समाचार

  • प्रधानमन्त्री पुष्पकमल दाहालले वीर अस्पताललाई आम नागरिकको आशा र भरोसाको केन्द्र बनाउन आवश्यक रहेको र यसका लागि सरकारले सबै सहयोग गर्ने बताएका छन् ।
  • तनहुँको भानु नगरपालिकाले चार सय २८ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।
  • निम्न गुणस्तरको औषधि बजारमा नियन्त्रण गर्न औषधि व्यवस्था विभागले मिनी ल्याब प्रविधि भित्र्याउने भएको छ ।
  • गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ ।

Share This:

असल अभिभावक कसरी बन्ने ?

  • आफ्नो बालबच्चालाई पर्याप्त समय दिनुहोस्
  • सरसफाइ र स्वास्थ्य राख्नुहोस्
  • सामाजिक सम्बन्ध बनाउनुहोस्
  • सुरक्षा महसुस गराउनुहोस्
  • सकारात्मक भावनाको विकास गराउनुहोस्
  • अरूलाई आदर गर्न प्रेरित गर्नुहोस्
  • बालबालिकाको मनोभावना बुझ्नुहोस्
  • सिकाइप्रति उत्सुकता बढाइदिनुहोस्

Share This:

आर्थिक समाचार

  • साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदी घटेको छ।
  • व्यवसायी राजेन्द्र खेतान सहित ६ ब्यांकका उच्च अधिकारी कारबाहीमा,
  • भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ । प्याजको उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो ।
  • जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा रु ७० करोडभन्दा बढी मूल्यको जडिबुटी निकासी भएको छ ।
  • स्पोर्ट्स वेयर जाइन्ट एडिडासले ३० बर्षमा पहिलो पटक घाटा बेहोरेको छ ।
  • ‘बैङ्क अफ जापान’ले ऐतिहासिक नीतिगत सुधारमा ऋणात्मक ब्याजदर अन्त्य गरेको छ । बैङ्कले मङ्गलबार १७ वर्षमा पहिलो पटक ब्याजदर वृद्धिमा आफ्नो नकारात्मक ब्याजदर नीति अन्त्य गर्ने निर्णय गरेको हो ।

Share This:

प्रेरक कथा (समय बर्बाद)

मानिसहरू एक बुद्धिमान व्यक्तिलाई भेट्न आउँछन् र उही समस्याहरू बारम्बार गुनासो गर्छन्। एक दिन, उहाँले तिनीहरूलाई एउटा ठट्टा सुनाउने निर्णय गर्नुभयो र तिनीहरू सबै हाँसे।
केही मिनेट पछि, उहाँले तिनीहरूलाई उही मजाक भन्नुभयो र तिनीहरूमध्ये केही मात्र हाँसे।
त्यसपछि उसले तेस्रो पटक त्यही मजाक भने, तर कोही हाँसेनन्, हाँसेनन् ।
ज्ञानी मानिसले मुस्कुराउदै भने, ‘एउटै ठट्टामा बारम्बार हाँस्न सकिँदैन । त्यसोभए किन सधैं एउटै समस्याको बारेमा रोइरहन्छौ?

Share This:

सकारात्मक ञानमञ्च

  • नाम एक दिनमा बन्दैन तर एक दिन अवश्य बन्छ।
  • तपाईंले आफूलाई परिवर्तन नगरेसम्म आफूले गरेको कुनै पनि कुरालाई परिवर्तन गर्ने प्रयासको कुनै अर्थ छैन।
  • जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा सहयोग र समर्थन हो, र साँचो साथीले मात्र यसलाई सबैभन्दा राम्रो प्रदान गर्न सक्छन्।”
  • खुशी बाँड्दा बढ्छ, र सहनेले दुख घट्छ।
  • जिन्दगीमा राम्रो र नराम्रो दुबै हुन्छ, तर दुखलाई नजिक र खुशीलाई टाढा राख्ने तरिका हामीले सिक्नुपर्छ।
  • जबसम्म हामीले भित्रको शत्रुलाई परास्त गर्दैनौं, हामीले हाम्रा बाह्य शत्रुहरूलाई जित्ने प्रयास गर्नु आवश्यक छैन।
  • विश्वास गर्नुहोस् कि खुशीको सबैभन्दा राम्रो स्रोत तपाईको आफ्नै मन हो।
  • जब तपाइँको विश्वास हराउछ, तपाइँ सबै कुरा गुमाउनुहुन्छ।
  • कहिलेकाहीँ जीवन राम्रो मुस्कानले परिवर्तन हुन्छ।
  • हार्नु राम्रो कुरा होइन, तर जित्नको लागि तयार हुनु धेरै राम्रो कुरा हो।
  • सबैभन्दा राम्रो जीवन उसैको हो जो सबैभन्दा दुखी छ, किनकि उ सबैभन्दा खुसी हुन सक्छ।

Share This:

राजनीतिक समाचार

  • जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौँ आइपुगेकी छन् ।
  • नख्खु निवासी सृजना महर्जन लखनखेलस्थित मञ्जुश्री विद्यालयको प्रांगणमा एक नबज्दै पुगिसकेकी थिइन्।
  • कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दुई सातापछि मन्त्रिपरिषद् विस्तार गरेका छन्।
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ।
  • सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ।

Share This:

चुट्किला

३ जना गफाडीबच्चाहरु गफगर्दापहिलो बच्चाः–यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ यार।
दोस्रो बच्चाः– तेरो बाउ त के हो र हाम्रो बा ले त प्लेन उडायो भने आकास नै फाट्छ्।
अनि तेस्रो बच्चाः– तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन् पादयो भने कट्टुनै फाट्छ।

Share This:

रोचक जानकारी (संसारको एक्लो हनुमान मन्दिर, जहाँ स्त्रीको रूपमा पूजा गरिन्छ)

यो हनुमान जी मन्दिर छत्तीसगढको गिरजाबन्धमा अवस्थित छ । यस स्थानमा १६ वटा श्रृंगार गरेर हनुमान जीको नारीको रुपमा पूजा गरिन्छ । अब सोह्र श्रृंगार गरेर हनुमान जीको पूजा किन गरिन्छ भन्ने कुरा सोच्न लायक छ । साथै, यसको पछाडि के विश्वास छ ? विस्तृतमा बुझ्नुहोस् ।

हनुमानजीको यो मन्दिर छत्तीसगढको बिलासपुरबाट २५ किलोमिटर टाढा रहेको छ । यो मन्दिर संसारको एक मात्र यस्तो मन्दिर हो, जहाँ हनुमानजीलाई महिलाको रुपमा पूजा गरिन्छ । यहाँ हनुमानजीको मूर्तिलाई पनि सोह्रवटा श्रृंगार चढाइन्छ ।

पौराणिक मान्यताका अनुसार यो गिरजाबन्धमा अवस्थित भगवान हनुमानको अवतार थियो । हनुमानजी हरेक दिन द्वारकापुरीबाट यहाँ डुंगा बनाउन आउने गरेको जनविश्वास छ । स्थानीय बासिन्दाका अनुसार हनुमानजीको मन्दिरमा दर्शन गर्न स्वदेश मात्रै नभएर विदेशबाट समेत मानिसहरु आउने गर्दछन् ।

साँचो मन र भक्तिले मनोकामना ल्याएमा मनोकामना अवश्य पूरा हुने जनविश्वास रहेको छ । साथै, त्यस्ता भक्तलाइ हनुमानजीको आशीर्वाद पनि रहदैँ आएको छ ।

यो मन्दिर देवजु नामक राजाले बनाएको भनिन्छ । राजा हनुमानजीका परम भक्त थिए तर कुष्ठरोगबाट पीडित थिए । राजा देवजुले रतनपुरमा धेरै वर्ष शासन गरेका थिए । हनुमानजीले नै राजालाई मन्दिर बनाउन आदेश दिएको विश्वास गरिन्छ। त्यसपछि मात्र राजाले मन्दिर निर्माण गराएको भनिदैँ आएको छ ।

मानिसहरू भन्छन् कि राजाको सपनामा हनुमानजी पनि देखा परेका थिए र उनलाई महामाया कुण्डबाट मूर्ति हटाएर स्थापना गर्न नारी रूपमा पूजाआजा गर्न आदेश दिएका थिए । त्यसपछि मात्र राजाले मन्दिरमा मूर्ति स्थापना गरेका हुन् भन्ने जनश्रुती रहेको छ ।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com