आज शुक्रबारबाट देशभर एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएका सबै फिल्मका बिषयवस्तु र कलाकार भने भिन्न छन् । शिवरात्री र त्यसपछिका केही दिन सार्वजनिक विदा परेकोले पनि तीन फिल्म तछाडमछाड गर्दै आएका हुन् । सबै फिल्मका निर्माण पक्ष आफ्नो फिल्म उत्कृष्ट रहेको बताउँदै व्यवसाय समेत गर्ने दाबी गर्छन् ।
फ्राइडे रिलिज : ‘उपहार’सँग भिड्दै ‘रङ्गेली’ र ‘काँडेतार’
