कमजोरी मै हुन्छ तागत

एकादेशमा एक ठूलो दरबार थियो । सो दर बारमा एक बौद्ध धिक्षु, एक धनी रईसका छोरा बस्थे । बुद्धको प्रभावमा आएर उनले आफ्नो भौतिक सम्पदा र आफ्नो दरबारको सुख सुविधा त्यागे र व्यभिचारी जीवनका कठिनाईहरु स्वीकार गरे । उनी रुखमुनि खाली जमिनमा सुते, भिक्षा मागेर जे पाए त्यही खान्थे । जसमा उनले खुसी र सन्तुष्ट महसुस गरे। त्यसैगरी समय बित्दै थियो, एक दिन अचानक भिक्षुलाइ बाथ रोगले गम्भीर आक्रमण गर्याे । बढ्दो दुखाईका कारण उनलाई हिँड्न वा ध्यान गर्न पनि गाह्रो हुन थाल्यो। उनको मन थकित र क्रोधित थियो। उनको जीवनमा दुख पिडाले गर्दा खुसी हराइरहेको देखिन्थयो। एक दिन बिहान उ भिक्षा माग्न निस्केको थियो, उसले एउटी सानी केटीलाई आफ्ना साथीहरुसँग खेलिरहेको भेट्टायो। उनी केवल एउटा खुट्टाले अपांग थिइन्।
तर, उनले बैसाखीमा टाँसिएर सबैभन्दा मीठो गीत गाइन् । उनको दुई खुट्टा ंछ कि छैन भन्ने कुराले उनलाई केही फरक परेन। उनी आफ्नो रमाइलो गायनमा हराएकी थिइन् र अन्य बालबालिमासँग रमाइ रहेकी थिइन् । उसको लापरवाह व्यवहारले भिक्षुलाई लाज महसुस गरायो। उसले आफैलाई भन्यो, एक मात्र खुट्टा भएको यो सानो केटी उज्यालो र खुसी छे र म बुद्धको एक शिष्य, अलिकति पीडाको कारण निराश अब उ बिल्कुलै नयाँ मान्छे भएर फर्कियो पीडाले अब उसलाई सताउ्रँदैन थियो, अब उ वास्तविक रुपमा स्वतन्त भएको महसुस गार्न थाल्यो ।
आफ्नो कमजोरी पनि तागत देख्ने मानिसले जीवनमा कहिल्यै पनि दुख पाउदैन । तसर्थ मनोवृत्ति वास्तविकता भन्दा धेरै महत्वपूर्ण छ ।।।।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com