युरो २०२४ शुक्रबारदेखि

  • फिफा विश्वकपपछि सबैभन्दा ठूलो फुटबल प्रतियोगिता अर्थात् मिनी विश्वकपको रुपमा लिइने युईएफए युरो २०२४ भोलि शुक्रबारदेखि सुरु हुँदैछ ।
  • युरोको १७औं संस्करण जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुँदैछ । अघिल्लो संस्करण युरो कपको विभिन्न ११ देशको ११ सहरमा आयोजना भएको थियो । तर यसपटक युरोकप एकै देशमा मात्र आयोजना हुन लागेको छ ।
  • युरो २०२४ मा युरोपका उत्कृष्ट २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
  • प्रतियोगिताको पहिलो खेल आयोजक जर्मनी र स्कटल्याण्डबीच शुक्रबार नेपाली समय अनुसार  मध्यराति १२:४५ बजे सुरु हुनेछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com