थोमस एल्बा एडिसन

भाग–२
एक दिन प्रयोगशालामा फस्फोरसको एक टुक्रा भुइँमा खसी आगो लाग्यो। त्यसले गर्दा प्रयोगशालामा रहेको रेलको कन्डक्टर धेरै रिसाए । उनको छापाखाना र प्रयोगशाला सबै बाहिर फ्याँकिदिए एक मुक्का जोडले हिर्काए । त्यसले गर्दा उनको कानको जाली फुट्यो । उनी सदाको लागि बहिरा बने । तर बहिरोपन नै उनको सफलताको कहानी बन्न पुग्यो ।
एक पटक ट्रकको किचाइबाट उनले एउटा बच्चाको ज्यान बचाए । त्यसबाट खुसी भई बच्चाका पिताले रेलवे स्टेसनमा उनलाई टेलिग्राफ अपरेटरको काम सिकाइदिए ।उनी राती राती टेलिग्राफको काम गरि दिनमा विज्ञानका किताबहरु पढ्थे । त्यति बेला उनको तलब हप्ताको पचीस सिलिङ मात्र थियो ।
विस्तारै उनले नयाँ नयाँ आविष्कार गरे । टेलिग्राफमा गोल्डप्रिन्टर र डुप्लेक्स प्रणालीको आविष्कारबाट उनले लाखौँ डलर कमाए । सन् १८७१ मा न्यूयोर्कमा रहँदा मेरी स्टिलवेलसँग बिहे गरे, जसबाट तीन बच्चा भए । तर सन् १८८४ मा श्रीमतीको मृत्यु भयो । त्यसको दुई वर्षपछि मिना मिलरसँग उनको दोस्रो बिबाह भयो ।
सन् १८७६ मा उनले मेन्दलो पार्कमा आफ्नो प्रख्यात प्रयोगशाला तथा कार्यशाला स्थापना गरे । उनले सन् १८७७ मा आवाज रेकर्ड गर्ने फोनोग्राफ र सन् १८७९ मा विद्युतिय चिमको आविष्कार गरे । उनले बल्ब बनाउने कुरा कसैले प्रत्याएका थिएनन् । सबैले त्यस कुरालाई असम्भव माने । किनकी कुनै चीज बल्न अक्सिजन चाहिन्छ । तर बल्ब भित्र अक्सिजन हुँदैन । त्यस अघिसम्म एउटै विदुत लाइनमा धेरै प्रकाश दिने विद्युतिय बत्तीहरु राख्न सकिँदैनथ्यो । सबैले उनलाई खिसी गरे र मुर्ख भने । तर असम्भव केही हुन्न उनले बत्ती बालेर देखाइदिए । च्यस बेला मानिसहरु ग्याँस र तेलका बत्ती बाल्थे । आविष्कारका क्रममा उनले थुप्रै स–साना कम्पनी खोले । सन् १८९२ मा ती सबै कम्पनी मिसाई ठूलो जनरल इलेक्ट्रिक कम्पनीको स्थापना गरे, जुन अहिले अमेरिकामा सबैभन्दा ठूलो कम्पनीका रुपमा चलिरहेको छ । त्यसले स–साना वस्तु हरु देखि रकेट सम्म बनाउँछ । सन् १९१५ मा अर्का वैज्ञानिक निकोला टेसलाका साथमा उनलाई संयुक्त रुपम नोबेल पुरस्कार दिने घोषणा गरियो । दुवैले नोबेल पुरस्कार लिन अस्किार गरे । लिनै गएनन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com