स्वास्थ्व हरेक मानिसका लागि महत्वपूर्ण हुन्छ, मानिसहरु आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिन थालेका छन् . जसका लागि उनीहरु मनिङ वाक,व्यायाम,योगा तथा जिम गर्ने गरेका छन् । यदि तपाई आफ्नो व्यस्त जीवनशैलीबाट व्यायामका लागि समय निकाल्न सकिरहनु भएको छैन भने दिनहुँ १० मिनेट वाक अवश्य गर्नुहोस् ।
- यसबाट निम्न फाइदाहरु हुनेछन्
दिनहुँ बिहान केही समयका लागि हिंड्नाले तपाईले दिनभरि आफुलाई सक्रिय महसुस गर्नु हुनेछ र साथै तपाईको मसल्स पनि बलियो हुनेछ र इम्यूनिटी (रोग प्रतिरोधक क्षमता) पनि बढ्नेछ ।
बाहिरको चिल्लो अनहेल्दी खाना खानुहुन्छ भने स्वस्थ र फिट रहनका लागि दिनहुँ हिंडने गर्नुहोस् । यसबाट तपाईले तौल नियन्त्रण पनि गर्न सक्नुहुनेछ ।
दिनहुँ हिंड्नाले तपाई शारीरिक रुपमा फिट मात्र नभई मानसिक रुपमा पनि फिट र सक्रिय महसुस गर्नुहुनेछ । दिनहुँ बिहान खुला हावामा हिंड्नाले स्ट्रसको लेवल मा पनि कमी आउँछ ।