जीवनी (शेक्सपियर)

शेक्सपियरको जन्म बेलायतको रमणीय स्थल स्टेटफोर्ड अज एभनमा एक सामान्य परिवारमा भएको थियो । उनका पिता स्टेटफोर्डका एक पञ्जा बनाउने व्यापारी थिए । उनकी आमा एओरी आर्डेन एक सामान्य किसान परिवारकी छोरी थिइन् । उनका आठजना सन्तान मध्ये शेक्सपियर तेस्रो सन्तान थिए ।
शेक्सपियरको जन्म सन १५६४ अप्रिल २३ मा भएको थियो । उनी जन्मेका बेला महामारी पैmलिएको थियो । उनी जन्मेको एक वर्ष नपुग्दै प्लेग महामारीमा परेर झण्डै उनी मरेका थिए । सात वर्षको उमेरमा उनी ग्रामर स्कूलमा भर्ना भए जहाँ ल्याटिन भाषा सिकाइन्थ्यो । युवावस्थामा उनले प्राचीन रोमन कृतिहरु पढिसकेका थिए । विशेष गरेर सिसेर, ओभिड, रल्यांट्स, सेन्स, टेरिन्स आदिका कृति पढेका थिए ।
उनी त्यस बेलाका सहरका बजारमा प्रदर्शन गरिने नाटक तथा कार्यक्रममा विशेष रुचि लिन्थे । उनी शिकार खेल्ने, माछा मार्ने गर्थे । सन १५८२ मा अन्ना हाडवेसँग उनको बिहे भयो । जुनबेला अन्ना २६ वर्षकी थिइन् भने उनी १८ वर्षका थिए । सन् १५९२ सम्म उनको जीवनमा कुनै सङ्कट आइपरेन । सन् १५९२ मा उनी लण्डन आएपछि भने जीवनले नयाँ मोड लियो । त्यहाँ उनले नाट्यगृहमा काम गरे । उक्त कम्पनीले प्रत्येक हप्ता नाटक प्रदर्शन गथ्र्यो । जुन एउटा स्थापित कम्पनी थियो । यस कम्पनीलाई उनले आप्mनो जीवनकै अन्तिम समयसम्म पनि नेतृत्व प्रदान गरे । यसले उनका छ ओटा नाटकहरु पनि निर्र्माण गरेको थियो ।
सन् १५९२ मा प्लेगको महामारी फैलिनाले सन् १५९४ सम्म लण्डनका सम्पूर्ण नाट्यघर बन्द गर्न सरकारले निर्देशन दियो । उक्त समयलाई सदुपयोग गरेर सेक्सपियरले कविताहरु लेख्न थाले । तैपनि नाटकहरु नै बढी लेखे । १५९३ मा उनको लामो कविता ‘भिनस र अडोनिस’ प्रकाशित भयो । त्यसको एक वर्ष पछि अर्को कविता ‘लुक्रिसको बलात्कार’ प्रकाशित भयो । यी दुई कविताहरुको लोकप्रियता, चर्चा, परिचर्चा र सफलताले पनि उनलाई नाटक लेख्नामा रोक्न सकेन । पुनः नाटक नै लेख्न थाले । सन् १५९४ देखि सन् १६०८ सम्मको चौधवर्ष उनी पूर्ण रुपमा लण्डनका नाटकघरमा व्यस्त रहे । एकताका नाटक देखाउँदा पर्दा तान्ने सेक्सपयिर अब भने नाटककार, लगानीकर्ता र कलाकार समेत भए । जुन समयसम्ममा उनी लण्डनकै सबभन्दा चर्चित तथा लोकप्रिय नाटककार भैसकेका थिए । उनलाई प्रतिष्ठित तथा सफल नाटककारको रुपमा लिन थालिएको थियो ।
सन् १५९९ मा उनी लगायत उनका ६ जना साथीहरु मिली लण्डनमा नाटकघर ‘ग्लोम’ निर्माण गरेका थिए । जुन लण्डनकै ठूलो नाटकघरमा गनिन्छ । सन् १६०३ मा महारानी एलिजावेथ प्रथमको मृत्युपछि जेम्स प्रथम राजा भए । उनी खूब नाटक हेर्न मन पराउँथे । त्यसैले सेक्सपियरको समूहलाई दरबारमा नाटक प्रदर्शन गर्न बोलाउँथे । त्यहाँ नियमित रुपमा नाटक देखाउने काम भयो । तर प्लेगकै महामारीले पुनः एकपटक नाटक कम्पनी नै बन्द भयो । सन् १५९९ देखि सन् १६०८ कै बीचमा उनले विश्वप्रसिद्ध एवं उत्कृष्ट नाटकहरु लेखे । जसमा संयोगान्त र वियोगान्त नाटकहरु प्रमुख रुपमा रहेका छन् । त्यस वाहेक ऐतिासिक नाटक र कविताहरु पनि छन् । उनका १४ पंक्तिका सोनेत कविताहरु विश्व साहित्यमा चर्चित छन् । सन् १६०९ मा प्रकाशित उनको कवितासंग्रहमा १५० भन्दा बढी सोनेत संकलित भए । उनले ओथेलो, राजा लियर, म्याक्वेथ, एन्टोनी र क्लिोयोपाट्रा, हिउँदका कथा, हेम्लेट, बाह्रौ रात, जुलियस सिजर, रोमियो र जुलियाट, भेनिसका व्यापारी जस्ता धेरै कृतिहरु जन्माए । उनले १५४ वटा सेनेट र ३८ वटा नाटक लेखे ।
सेक्सपियरका बारेमा कतिपय विवादहरु पनि छन् । कतिपय विवादित कुरा तथा सेक्सपियरका हाल रहेका सबै कृतिका वास्तविक लेखक विलियम सेक्सपियर नै हुन् भनेर सप्रमाण सर्वप्रथम गद्यका पिता फ्रान्सिस वेकनले पुष्टि गरिदिएका छन् । उनका सम्पूर्ण कृतिहरु मार्लेले गुप्त नाममा लेखेको भन्ने विवाद पनि छ । आधुनिक मनोविज्ञानको विकास हुनुपूर्व नै मान्छेको मनको अन्तरकुन्तरलाई केलाउन सक्ने अद्भूत क्षमता उनमा थियो । उनले धेरै पात्रहरुह्को सिर्जना गरे । राजा, पुरोहित, मगन्तेदेखि गाउँलेलाई समेत आप्mनो नाटकमा प्रस्तुत गरे । उनलाई असीम शब्द भण्डारका खानी मानिन्छ । सेक्सपियर एक महान् नाटककार एवं महाकवि हुन् । उनी विश्व साहित्यका गौरवका रुपमा प्रतिष्ठित छन् । त्यसैले विश्व साहित्यमा उनको उच्च स्थान पनि रहेको छ । उनको मृत्यु पश्चात् साहित्यिक जगतले सेक्सपियर जस्ता दोस्रो नाटककार अहिलेसम्म पाउन सकेको छैन ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com