निकलस फुलक्रगले इन्जुरी टाइममा गोल गरेपछि युरो २०२४को आयोजक जर्मनीले स्विट्जरल्याण्डसँग १-१ को बराबरी खेल्दै समूह ए विजेता बनेको छ ।
यसअघि नै समूह ए मा लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान पक्का गरिसकेको जर्मनीका लागि समूह विजेता बन्न बराबरी नै पर्याप्त थियो ।
उता स्कटल्याण्ड भने जितविहीन हुँदै समूह चरणबाट बाहिरिएको छ । स्कटल्याण्ड पहिलो खेलमा जर्मनीसँग पराजित भएको थियो भने दोस्रो खेलमा स्विट्जरल्याण्डसँग बराबरी खेलेको थियो ।
तीन खेलबाट १ अंक मात्र जोडेको स्कटल्याण्ड जारी युरोबाट बाहिरिने पहिलो टिम बनेको हो ।