सकारात्मक ज्ञानमञ्च

  • यदि सफलतम जीवन जिउनु छ भने, हामीले असफलताको भय त्याग्नु पर्दछ ।
  • जीवनलाई ‘भागेर’ होइन ‘भोगेर’ जिउनुपर्दछ ।
  • आफूलाई अरुजस्तो बनाउन खोजेर तिमी ‘आफ्नै’ अस्तित्वको हत्या नगर । तिमी फरक छौ, तसर्थ तथ्यपरक छौँ ।बदला लिएर होइन बदलिएर देखाऊ, दुनियाँ फरक पाउनेछौ ।
  • हिजो गइसक्यो, भोलि आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।
  • यदि तिमीले व्यक्तिलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न बिर्सन्छौ ।
  • जिन्दगी उनीहरूको बर्बाद हुने हो, जसले उन्नत बनाउन कुनै प्रयास गर्दैनन् ।
  • असम्भव भन्ने कुरो वास्तवमा हाम्रो भ्रम मात्र हो ।
  • हामी त्यही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउँछ ।
  • अरुले आफ्ना बारेमा के सोच्छन्, त्यो महत्वपूर्ण होइन । आफूले आफ्नाबारेमा के सोचिन्छ, त्यो महत्वपूर्ण हो ।
  • त्यो नै असल मानिस हो, जसले हरेक बिहान ऐना हेर्दा, प्रतिबिम्बमा आउने मानिसप्रति गर्व गर्न सक्छ ।
  • एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।
  • यहाँ न असल छ न त खराब नै असल–खराब त हाम्रो सोचाइको उपज हो ।
  • एउटा ढोका बन्द हुदाँ के तिमीलाई थाहा छ दोस्रो खुलेको हुन्छ ।
  • मेरो चिन्ता तिमी असफल भएका प्रति होइन कि असफलताका बाबजुद तिमीले नदिएको निरन्तरताप्रति छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com