संघर्ष र सफलता

  • महिनेतले भन्छ, मलाई कुनै पनि हालतमा गरेर देखाउ, म त्यही अनुरुप सफलता दिलाउनेछु तर
  • मेरो सहयोगी धैर्यलाई पनि सँगै ल्याउन नभुल्नु किनकी त्यो बिना म अधुरो रहनेछु ।
  • यदि तपाई एउटा खुशीलाई लिएर बारम्बार खुसी रहन सक्नुहुन्न भने एउटा दुःखलाई लिएर किन बारम्बार दुःखी भैरहने ।
  • जिन्दगीमा सधै उड्ने कोशिश गर्नुहोस्, उड्न सक्नुहुन्न भने दौडने कोशिश गर्नुहोस्, दौडन सक्नुहुन्न भने हिड्ने कोशिश गर्नुहोस्, हिड्न सक्नुहुन्न भने चलमलाउने कोशिश गर्नुहोस्, किनकी सफलता उसैलाई हात लाग्छ, जो निरन्तर अगाडी बढ्नको लागि प्रयास गरिरहेको हुन्छ ।
  • सफलता आफै हामी कहाँ आउदैन, हामी त्यहाँ पुग्नु पर्छ, ठिक त्यसैगरी जसरी ईश्वरले सबै पंक्षीको लागि खाना दिएको हुन्छ तर उसको गुडमा हैन ।
  • सफलताको कुनै रहस्य छैन , यसले केवल अत्याधिक परिश्रम माग्छ ।
  • एउटा उद्यमीका लागि पैसा र समय दुवै मुल्यवान हुन्छन् । समय बर्बाद गर्नु फजुल खर्च भन्दा कम घाटाको कुरा होइन ।
  • ठूलो मान्छेको मिहिनेत हेर, उनीहरुको सुविधा र सहुलियत सँग प्रतिस्पर्धा नगर ।
  • कुनै पनि उद्योग व्यापार सफलतापुर्वक सञ्चालन गर्न उद्यमीमा एक किसिमको व्यवहारिक सुक्ष्मदर्शिता र सचेतना हुनै पर्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com