कुरा धेरै पहिलाको हो जब चियाको व्यावसायिक रुपमा कारोबार शुरु हुँदै थियो । त्यसबेला चिया अहिलेको जस्तो प्रशिद्ध भइसकेको थिएन । त्यसकारण चिया बनाउने कम्पनीहरु चाँडै नै घाटामा आए तर पनि एक जना व्यापारीले हिम्मत हारेनन् र आफ्नो कारोबार जारी राखे । यस पल्ट उनले अझै मेहनत गरे र आफ्नो कारोबारलाई विस्तार गर्नका लागि अन्य देशहरुमा पनि लैजान थाले । एक पल्ट यसै सिलसिलामा उनी एउटा पानी जहाजमा चियाको पेटिहरु लिएर अर्को देशमा जाँदै थिए । बाटोमा पानी जहाज बिग्रियो र जहाजको क्याप्टेनले परिस्थितिलाई नियंत्रण गर्न सबै यात्रुहरु सँग आफूसँग भएको सबै सामानहरु पानीमा फ्याल्न अनुरोध गरे । यो सुनेर ती व्यापारी एकदम हतोत्साहित भए, उनलाई राम्ररी थाहा थियो । चिया समुन्द्रमा फ्याल्यो भने सबै नष्ट हुनेछ । अन्य सबैजनाले आफ्नो ज्यान जोगाउन सामान फ्याल्न थाले । अब ती व्यापारी सँग कुनै विकल्प थिएन । त्यसैबेला उनको दिमागमा एउटा विचार आयो र उनी झटपट उठेर चियाको पेटिमा ‘यो चिया पिउनुहोस्’ भनेर लेखे र आफ्नो कम्पनीको नाम लेखे । यो सोचेर कि समुन्द्रको छालले पेटि बगाएर अन्य देशमा पुग्नेछ र त्यहाँका मानिसले उनको कम्पनीको बारेमा थाहा पाउनेछन् । त्यसपछि उनले एक एक गर्दै सबै चियाका पेटिहरु समुन्द्रमा फ्याले । केहि समयपछि सबै यात्रुहरु सकुशल फर्किए । लंदन पुगेर ति व्यापारीले त्यस घटनाका बारेमा कागजमा लेखे, घटनाको पूरा जानकारी तथा आफ्नो कम्पनीको नाम सहित उनले त्यो कागज एक समाचारपत्रलाई दिए । अघिल्लो दिन समाचारपत्रमा त्यो खबर छापियो । खबरमा यात्रुहरुको व्याकुलता तथा भयको मार्मिक चित्रण गरिएको थियो । मानिसहरुले त्यसलाई ध्यान दिएर पढे । त्यसपछि मानिसहरुले ती व्यापारीको कम्पनीको बारेमा जान्न थाले । त्यस घटनापछि व्यापारीको कम्पनी प्रसिद्ध भयो । एक वर्ष भित्रमा उक्त कम्पनी सन् १८९० को दशकको सबैभन्दा ठूलो चियाको कम्पनीको रुपमा खडा भयो । आज पनि यो कम्पनी विश्वमा चियाको सबैभन्दा ठूलो कम्पनीको रुपमा छ । यो घटना हो थोमस लिप्टनको जीवनको, जसले ‘थोमस जे. लिप्टन टी’ कम्पनीको शुरुवात गरेका थिए ।