टी-२० विश्वकपमा आज नेपालको ब्याटिङ कमजोर रह्यो

  •  १० वर्षपछि आईसीसी टी-२० विश्वकपमा फर्किएको नेपालले नेदरल्यान्ड्सविरुद्ध सानदार प्रदर्शन गर्ने आशा थियो । तर, विदेशी भूमिमा नेपालको ब्याटिङ विगतमा जस्तै कमजोर रह्यो ।
  • आईसीसी टी-२० विश्वकप २०२४ मा ग्राण्ड प्रेरी क्रिकेट रंगशाला अमेरिकामा भए पनि रौनक र झल्को टीयु रंगशालाको भन्दा कम थिएन । नेपालको जर्सी र झण्डासहितका समर्थकले रंगशालाभित्र र बाहिरको परिसर भरीभराउ थियो । रंगशालामा डच समर्थक भेट्नै मुस्किल थियो ।
  • बिहान वर्षाका कारण निर्धारित समयभन्दा आधा घण्टा ढिलो सुरु भएको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पायो । राष्ट्रिय गान बज्दा खेलाडीमात्रै होइन पूरा रंगशाला, देश तथा विदेशमा नेपालीको एउटा गर्व र भावुक क्षण थियो । दशक लामो प्रतीक्षाले विश्वकपको महत्व अझ फरक थियो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com