- चाइनाको सिद्धान्त अनुसार ‘नहाँस्ने मान्छेले पसल नगर्दा हुन्छ ।’ त्यसकारण व्यापारीले मुस्कुराउन एकदमै जरुरी छ ।
- ग्राहकले किन्ने सम्भावीत सामान देखाउन हिच्किचाहट गर्नु हुँदैन ।
- एक पटक सामान किन्न आएको ग्राहकलाई स्थाई ग्राहकमा परिणत गर्ने प्रयास गर्नुपर्छ ।
- ग्राहकले आफ२ सँग भएको सामान तथा सेवा नरुचाएर खरिद नगरे पनि सम्मानपूर्वक व्यवहार गर्नुपर्छ ।
- ग्राहकलाई मिठो बोलि बचनको प्रयोग गर्नुपर्छ । ‘बोल्नेको पिठो विक्छ नबोल्नेको चामल पनि बिक्दैन’ साथै ‘मुख भए मुलुक खाइन्छ’ भन्ने उखान नै छ ।
- ग्राहकको खरिद परिमाण हेरि, बसाउने तथा पिउने पानी तथा चियाको व्यवस्था गर्न सकिन्छ ।
- ग्राहकले चाहिने सामान अर्डर वा खरिद गरि सकेपछि सम्भावित अन्य सामान खरिद गराउन जानकारी गर्ने वा अनुरोध गर्ने ।
- ग्राहकले बढी प्रयोग वा खरिद गर्ने एक दुई वटा सामानको अति कम नाफा राखी बिक्री गर्ने ताकि त्यसले गर्दा सहि मूल्यमा सामान पाउने सन्देश फैलिन सकोस् ।
- सामानको सजावटमा विशेष ध्यान दिने ।
- लाइटिङ्गको सहि प्रयोग गर्ने ताकि सामानमा चमक आवोस् । सकेसम्म सामानलाई देखिने सोकेश वा स्थानमा प्रदर्शन गर्ने ।(जो दिक्ता हे, वो विक्ता हे ।)
- सफा सुग्घरलाई विशेष ध्यान दिने । अझ होटल र रेष्टुरेण्टले यो कुरालाई प्राथमिकता दिनुपर्छ ।
- बिक्री पछिको सेवालाई विशेष ध्यान दिने । (सामानले काम गरे नगरेको, मर्मत, फिर्ता आदि) सकिन्छ भने बेला बेलामा नयाँ नयाँ स्कीम दिने ।
- साथी, भाई तथा आफन्तलाई बाँकी, फ्रि वा उनीहरुको मुख हेर्न थालेमा व्यापार व्यवसाय चौपट हुन्छ ।
- हरेक पक्षको आम्दानी र खर्चको हिसाबमा स्पष्ट हुनुपर्छ ।
- साथी भाई आफन्तको सुझाव, लहलहैमा वा देखासीकी गरेर भन्दा आफ्नो रुचीको व्यापार व्यवसाय गरे फस्टाउने हुन्छ ।
- कुनै पनि व्यवसाय शुरु गर्ने बित्तिकै धेरै नाफा हेर्नु हुँदैन ।
- सामान हेर्न तथा खरिद गर्न उत्सुक्ता जगाउने गर्नुपर्छ ।
- सामानको गुण तथा यसले उपभोक्तालाई दिने बढि भन्दा बढि फाइदा दर्शाउन सक्नुपर्छ ।