- असफलता नै भविष्यको सफलताको सही मार्गदर्शक हो ।
- सफलता प्राप्तिको लागि अनेक संघर्ष गर्नुपर्छ तर संघर्ष नगर्नु सबभन्दा सरल मार्ग हो ।
- अज्ञानताका कारण प्रायः मानिसहरु दरिद्रतामा जीवन विताइरहेका हुन्छन् । सम्पन्नता प्राकृतिक स्वभाव हो र तपाई प्राकृतिक बन्नै पर्छ ।
- विना निराश भएर हार सहनु पृथ्वीमा साहसको सबभन्दा बढी परीक्षा हो ।
- यदि तपाई खतरा सँग डराउनु हुन्छ भने त्यसको निन्दा नगर्नुहोस् । जुन उपलब्धि तपाईले पाइरहनु भएको छ त्यसको मूल्य चुकाउनुपर्ने हुन्छ । यदि तपाईको जीवन असफलताबाट मुक्त छ भने शायद तपाई जोखिम काम गर्न सक्नुहुन्न । सही काम गर्नका लागि हरेक समय ठीक रहन्छ ।
- जबसम्म तपाई प्रयास गर्नु हुदैन तबसम्म तपाईलाई थाहा हुन्न तपाई के गर्न सक्नु हुन्छ या सक्नु हुन्न ।
- अवसरले समस्या बनेर तपाईलाई अनुभवी बनाउँछ । समस्या अस्थायी हुन्छ । त्यसलाई अवलम्बन गर्नुपर्छ । जब कि एउटा ढोका बन्द भयो भने अर्को खुल्छ । यहि नै प्रकृतिको नियम हो ।
- कुनै समस्याको समाधान हुन्छ वा नहुन पनि सक्छ । यदि हुन्छ भने समस्याको समाधान खोज्ने प्रयास गर्ने तर हुदैन भने चिन्ता गर्नु जरुरी छैन । (शांतिदेव)
- जब तपाईको निशाना अचुक भयो भने लक्ष्यलाई दोषारोपण नगरी तपाईले आप्mनो प्रतिभालाई निखार्नमा बढी जोड दिनुपर्छ ।
- जुन काम गर्नका लागि डर लाग्छ भने त्यो नै साहस हो ।
जीवन र सफलता