दाम्पत्य जीवन सुमधुर र ताजा राख्नका यी कुरा थाहा पाउनैपर्छ
फरक पृष्टभूमीमा हुर्किएर आएका दुई महिला र पुरुषबीच कतिपय कुरामा तालमेल नमिल्न सक्छ । यस्तो कुरालाई मनन गरेर एकअर्काको कमजोरी स्विकार्नुपर्छ । अर्काको कुरालाई पनि सम्मान गर्नुपर्छ ।
एकअर्काको कामलाई महत्व दिनुपर्छ । त्यसको मर्मलाई बुझेर दुखसुख साझेदार गर्नुपर्छ ।
हरेक कुरामा आफ्नै मात्र भावना लाद्ने, आफुलाई केन्द्रमा राखेर निर्णयहरु गर्ने प्रवृत्तिले सम्बन्धमा फाटो ल्याउँछ ।
सफल बिवाहको सबैभन्दा महत्वपूर्ण सर्त हो, आफ्ना पार्टनरलाई अरुसँग तुलना गरेर नहोच्याउने । अरुको अगाडि दुव्र्यवहार नगर्ने ।