१.कम्पनीमा जति बढी कम्पीटिशन (प्रतिस्पर्धा) बढ्दै जान्छ , त्यहि अनुपातमा सेल्स पर्सनको डिमाण्ड पनि बढ्दै जान्छ ।
२.तपाईको जोश, जाँगर, मेहनत र लगन, अनुशासन र इमान्दारीता, राम्रो व्यक्तित्व, कठोर श्रम, समय प्रबन्धनको आधारमा पनि विक्रि कार्य हुन्छ ।
३.कहिले काहि सबैथोक राम्रो हुँदा हुँदै पनि ‘प्रोडक्ट’ बिकीरहेको हुँदैन, यसको एउटा मुख्य कारण हो सेल्स पर्सनको कार्य सही ढंगले नहुनु ।
४.सफलता प्राप्तिको लागि सदैव आफू सृजनशिल हुनुपर्छ र लक्ष्य प्राप्तिको लागि सदैव अग्रसर हुनुपर्छ ।
५.‘डिस्ट्रीब्युशन –सेल्स’ का प्रत्येक शिर्षकलाई राम्ररी नियाल्नु भयो र त्यसलाई आफूभित्र ढाल्ने प्रयास गर्नु भयो भने सेल्स करिअरमा मात्र होइन, व्यक्तिगत जीवन र व्यक्तिगत रुपमा पनि ‘सफलताको सोपान’ बन्न सक्नु हुनेछ ।
६.उचित मूल्यमा राम्रो सामान पसलमा राखियो भने त आफै बिकीहाल्छ नि ! के यहि हो सेल्समेनशीप ? विचार पुर्याउनुहोस् ।
७.सेल्समेनसीपमा हामी बोलीलाई बेच्दछौ तर यसको अर्थ यो होइन कि –‘जे पायो त्यहि बोलौ’ ।
८.तपाईको बोली सरल र सहज होस्, मीठो र कर्णप्रीय होस् ।
९.शब्दको अर्थ बुझ्नु र आफूलाई बेच्न सहि र सार्थक शब्दको जादू चलाउनु नितान्त आवश्यक हुन्छ –‘एउटा राम्रो सेल्समेनको लागि ।
१०.तपाई क्रिएटीभ माइन्डको धनी व्यक्ति बन्नुहोस् र सदैव नयाँ नयाँ सेल्स आईडियाको विकास गर्नुहोस् ।
११.ग्राहकहरुद्धारा व्यङग्यपूर्ण वाक्यहरुको प्रयोग गर्छन् भने त्यसबेला नै धैर्यताको परिचय दिने सहि समय हुन्छ ।
१२.स–साना समस्या वा कन्फ्यूजनहरुलाई आफैले समाधान गर्ने बानी बसाल्नु पर्छ ।
१३.विश्वास गर्नुहोस् ‘हेप्पी मूड’ को परिणाम सधै राम्रो नै हुनेछ ।
१४ ग्राहकको पहिचान, मनोवैज्ञानिक सुझबुझ र तपाईको सरल र सौम्य व्यवहारको नितान्त खाँचो छ ।
व्यवहारिक रुपमा सेल्समेनले याद राख्नु पर्ने कुराहरु