जीवनी (पृथ्वीनारायण शाह)

पृथ्वीनारायण शाहको जन्म वि.सं. १७७९ पुष २७ गते बिहिबार गोरखा दरबारमा पिता नरभूपाल शाह आमा रानी कौसल्यावतीको कोखमा भएको थियो। शाहको हेरविचार महारानी चन्द्रप्रभावतीले गरेकी थिइन् र सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो। धनुवाण, तरबार, घोडसवारी दौड आदिमा पनि उनी निपूर्ण भएको मानिन्छ।

उनको पहिलो विवाह मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसॅंग भएको थियो। गोरखा र मकवानपुरबीच ओहोर दोहोर गर्नु पर्दा उपत्यकाको भूबनोट र त्यहाँको आर्थिक अवस्थालाई उनले राम्रोसँग नियालेका थिएँ। सो समयमा गोरखाका १२०० घरधुरीका जनतालाई ६ महिना खान पुग्ने अन्नपात वा आर्थिक हैसियत थिएँन। त्यसैकारणले उनले अन्नपातले सम्पन्न र उन्नतिशील काठमाडौँ उपत्यकालाई विजय गर्ने मनसाय बनाइसकेका थिएँ। वि.सं. १७९८ मा काठमाडौँ आएका पृथ्वीनारायण शाहले गोरखा दरबारको तर्फबाट ल्याएका पगरी भक्तपुरका राजा रणजित मल्ललाई दिए भने त्यसको कदरस्वरूप रणजित मल्लले राजकुमार वीरनरसिंह मल्लसँग उनको मितेरी लगाई दरबारमा स–सम्मान लामो अवधिसम्म राखेका थिएँ। गोरखा फर्किदा चाँगुनारायण, पशुपति र गुहेश्वरी पशुपतिनाथको दर्शन गर्न गएको कुरा थाहा पाई काठमाडौँका राजा जयप्रकाश मल्लले उनलाई दरबारमा ल्याई उनीसँग मितेरी लगाएका थिएँ।

पृथ्वीनारायण शाह र उनका दुई रानीको शालिक, यो शालिक नुवाकोट दरवारमा रहेको छ।उनको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारी सँग वि.सं. १७९४ मा भएको थियो। मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनीतिक लाभ लिने उद्देश्यले यो विवाह भएको थियो तर पछि हेमकर्ण सेन ले असमर्थता जनाएका थिएँ। उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भएको थियो। नरेन्द्रलक्ष्मीबाट प्रतापसिंह शाह र बहादुर शाहको जन्म भएको थियो।
.
वि.सं. १७९९ मा राजा नरभूपाल शाहको मृत्यू भएपछि पृथ्वीनारायण २० वर्षको उमेरमा गोरखाका राजा भएका थिएँ। गोरखाका रैतीले भीमराज पाँडेका छोरा कालु पाँडे रोजेका र यिनले लमजुङका राजासँग चलाखीका साथ सन्धी गरी राजनीतिमा योग्यता देखाएका हुनाले यिनैलाई कज्याईँ दिई मुख्यमन्त्री बनाएका थिएँ।

राजा हुनुअगावै उनले वि.सं.१७९८ मा काठमाडौँ उपत्यकाको राजनीतिक रहनसहन राम्रोसँग अध्ययन गरिसकेका थिएँ। पृथ्वीनारायण शाहको काठमाडौँ उपत्यका र पूर्वी क्षेत्र विजय गर्ने इच्छा रहेकाले आफ्ना प्रवल विरोधी शक्ति लमजुङका राजा रिपुमर्दन शाहसंग वि.सं. १७९९ मा एक सन्धि गरेका थिई जस अनुसार दुवै राज्यवीच मैत्री सम्बन्ध कायम गर्ने कास्कीको अर्घामाथि कब्जा गर्न सफल भएमा त्यहाँको काठ कास्कीलाई दिने आदि शर्तमा उल्लेख थियो।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौँ स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ जात र ३६ वर्णको साझा फूलबारीको सृष्टि गरेका थिएँ । पृथ्वीनारायणको उद्देश्यलाई युगको मागका रूपमा इतिहासकारहरूले हेरेका छन्। तत्कालीन बाइसे र चौबिसे राज्यहरू, उपत्यकाका विभाजित मल्ल राज्यहरू, पूर्वका किराँत र लिम्बूवान क्षेत्रहरू सबैतिर एउटा सशक्त राष्ट्रवादी शक्तिको आवश्यकता बढ्दै गएको थियो, जसको स्थान पृथ्वीनारायण शाहले पाएका थिएँ।

आक्रमणका क्रम
पिता नरभूपालको एकीकरणको सपना साकार पार्न वि.सं. १८०० मा विराज थापा मगर र महेश्वर पन्तको नेतृत्वमा उनले नुवाकोट आक्रमण गराएका थिएँ तर नुवाकोटबाट गोर्खालीहरूले पराजयको सामना गर्नु परेको थियो।

दोस्रो पटक पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा कालु पाण्डेको सेनापतित्वमा नुवाकोटमाथि हमला गरेका थिएँ । यस पटक गोर्खाका १२–२० वर्षसम्मका सबै युवाहरूलाई सशस्त्र तयारी गरीएको थियो भने सैनिकहरूको सङ्ख्या १ हजार भन्दा माथि थियो। दलमर्दन शाहको हातबाट शखमणी राणाको मृत्यु भयो र पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय प्राप्त गरेका थिएँ। वि.सं. १८१६ मा शिवपुरी र काभ्रेमाथि विजय प्राप्त गरेका थिएँ। किर्तिपुरमाथि तेस्रो पटकको युद्धको नेतृत्व काजी वंशराज पाडेले लिएका थिएँ।

उपत्यकाका तिनैवटा शहरमा अधिकार कायम भएपछि पृथ्वीनारायण शाहले पश्चिममा चौबिस राज्य विजय गर्न वि.सं. १८२८ मा वंशराज पाण्डे र केहरसिंह बस्न्यातको नेतृत्वमा पठाएको फौज र चौविस राज्यका संयुक्त फौजबीच वि।स। १८२८ मा घमासान युद्ध भएको थियो। १६ घण्टाको अविरल युद्ध हुँदा केहरसिंह बस्न्यातसहित ५०० भन्दा बढी गोर्खालीले वीरगत प्राप्त गर्नुका साथै वंशराज पाण्डे, प्रभु मल्ल जस्ता सेनापतिहरू पनि शत्रुको कब्जामा पर्न गएकाले रणवीर पाँडे र प्रभु मल्लले आफ्ना हातहतियार शत्रुलाई बुझाई बाँकी सैनिक लिई निराश भई पराजित अवस्थामा काठमाडौँ पुगेका थिएँ। पृथ्वीनारायण शाहले आफ्ना हातहतियार शत्रुपक्षलाई सम्पर्ण गर्नेहरूको जागिर समाप्ति गरी बन्दुक मोल बापत ६० रुपैयाँ लिएका थिएँ। यो पराजयले गोर्खालीहरूको महत्त्वकांक्ष, मान, प्रतिष्ठामा चोट लागेको थियो भने शत्रुहरूमा गोर्खा विरुद्ध कडा मुकाविला गरेमा विजय हुन् सकिन्छ भन्ने प्रतिरक्षात्मक भावना जागृत गरेको थियो।

मृत्यु

विदुर नगरपालिका वडा नं ५ द्वारा निर्मित स्तम्भ
वि.सं.१८३१ सन् (१७७४) मङ्सिरको मध्यतिर जाडो छल्न नुवाकोट गएका पृथ्वीनारायण शाह नुवाकोट दरबारमा बिमारी परेका थिएँ। स्वास्थ्य झन्–झन् खराब हुँदै गएपछि उनैको इच्छाअनुसार त्यहाँको देवीघाट लगिएको थियो। नौ दिनसम्म घाटमै रही माघ १ गते बिहान सात बजे उनको निधन भएको थियो। नेपाल चार वर्ण, छत्तिस जातको साझा फूलबारी हो। इत्यादि सान्दर्भिक उपदेशहरू पृथ्वीनारायण शाहले दिएका थिएँ। माघे सङ्क्रान्तिका दिन ५२ वर्षको उमेरमा उकुच र ठेउला आएर नुवाकोट जिल्लामा पर्ने त्रिशुली र तादी नदीको सङ्गम मोहन तिर्थ वा देवीघाटमा उनको मृत्यु भएको थियो।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com