- उत्तर कोरियाले दक्षिण कोरियाको पूर्वी तटनजिकै समुद्रमा एउटा अज्ञात ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको सोलको सेनाले सोमबार बताएको छ ।
- ब्राजिलमा यस वर्ष हालसम्म डेङ्गुका कारण एक हजार ६०१ जनाको मृत्यु भएको पुष्टि भएको छ र थप दुई हजार ६१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
- इजरायलको मिलिटरी इन्टेलिजेन्स प्रमुख अहारून हलिभाले राजीनामा दिएका छन् ।
- चिनियाँ वैज्ञानिकहरूले एक नयाँ विश्लेषण विधि प्रयोग गरी पूर्वी अन्टार्कटिकामा बरफको पत्रमुनि ४६ वटा सबग्लेसियल ताल फेला पारेका छन् ।
- गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या ३४ हजार नाघेको बताएको छ ।
विश्व समाचार