- शिक्षा यस्तो शक्तिशाली हतियार हो, जसको प्रयोगले संसार बदल्न सक्छौ ।
- शिक्षा भनेको भविष्यको लागि पासपोर्ट हो । आज राम्रो गर्नेहरुको नै भविष्य राम्रो हुन्छ ।
- सिकाई र शिक्षाको लागि रुचि बनाइराख्यौं भने, तिमीलाई अगाडी बढ्नको लागि कसैले रोक्न सक्दनैन ।
- शिक्षाको जरा तितो हुन्छ, तर, फल सबैभन्दा मिठो हुन्छ ।
- शिक्षा जीवनको लागि तयारी होइन, शिक्षा स्वयम् जीवन हो ।
- मसँग त्यस्तो विशेष क्षमता केही पनि छैन । मात्र मा नयाँ कुरा जान्न र बुझ्नको लागि सधैं उत्सुक रहन्छु ।
- आफ्नो बच्चालाई आफूले सिकेको ज्ञान मात्र दिन नखोज । ऊ तिमीभन्दा फरक समयमा जन्मिएको छ ।
- जो व्यक्तिले धेरै पढ्छ, तर, आफ्नो दिमाग भने थोरै मात्र प्रयोग गर्छ भने ऊ विचारको कुरामा अल्छी बन्छ।
- जसले विद्यालय खोल्छ, उसले जेलेको ढोका बन्द गर्न मद्धत गरिरहेको हुन्छ ।
- शिक्षा भनेको बाल्टिन भर्नु होइन । आगो सल्काउनु हो ।
- असल शिक्षा , आत्मा सुन्दर बनाउने वास्तुकला हो ।
शिक्षा बिषेश भनाईहरु