- अमेरिका डलरको मूल्य नयाँ रेकर्ड बनेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि १ अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ १५ पैसा तोकेको छ । यसअघि जेठ ३० गते बिक्रीदर मूल्य १३४ रुपैयाँ १ पैसा कायम भइ उच्च रेकर्ड बनेको थियो ।
- सर्वसाधारणलाई डलर चाहिएको अवस्थामा यहीं मूल्य तिरेर खरिद गर्नुपर्दछ । त्यस्तै बिक्रीदर मूल्य १३३ रुपैयाँ ५५ पैसा तोकेको छ । सर्वसाधारणले आफूसँग भएको डलर सटही गर्दा यो मूल्य पाउँछन् ।
- अघिल्लो दिनको तुलनामा डलरको मूल्य ३१ पैसा महँगिएको हो । डलरको भाउ बढ्नु भनेको अन्तर्राष्ट्रिय कारोबारमा नेपाली मुद्रा कमजोर हुनु हो ।
अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड