- सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानूनी प्रबन्ध गर्ने निर्णय गरेको छ।
- कक्षा १२ को पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।
- गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई निर्देशन दिएको छ ।
- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन् । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३६ सांसद उपस्थित थिए ।
- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशका विभिन्न स्थानमा लागेको डढेलो नियन्त्रण गर्न सरकार संवेदनशील बन्न नसकेको आरोप लगाएका छन् ।
- सर्वोच्च अदालले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सांसद एवं काँग्रेस नेता आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न आदेश दिएको छ।
राजनीतिक समाचार