वेब सिरिज ‘स्वस्तानी भर्सेस ग्याङ’ युट्युबमा रिलिज

  • कार्टुन्ज क्रूको प्रस्तुतिमा वेब सिरिज ‘स्वस्तानी भर्सेस ग्याङ’ सार्वजनिक भएको छ । ‘द कार्टुन्ज क्रू’ युट्युब च्यानलमा सिरिजको पहिलो एपिसोड रिलिज गरिएको हो ।
  • सरोज अधिकारीको निर्देशन रहेको सिरिजमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लक्ष्मी गिरी, प्रताप दास, विजय अधिकारी, जिवेश सिंह गुरुङ, अभिप्सा खनाल, सोनिया लामा, निकलोस अर्याल, मानस श्रेष्ठ, अस्मिता खनाल, रोशनी कार्की  लगायतका कलाकारको अभिनय छ ।
  • यो वेब सिरिजलाई सरोज र सागर खनालले मिलेर निर्माण गरेका हुन् । सिरिजको कार्यकारी निर्माता विजय अधिकारी बन्नी हुन् ।
  • विभिन्न सोच भएका युवापुस्ताका पात्रहरु सिर्जना गरिएको सिरिजको कथा र पटकथा सरोज र सागरले मिलेर लेखेका हुन् । वेब सिरिजमा संकल भुजेलको छायांकन र सागर खनालको सम्पादन छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com