निद्राको कमीले शरीरमा कस्तो असर गर्छ ?

पर्याप्त निद्रा नआएमा सम्पूर्ण शरीरमा असर पर्ने र काम गर्ने क्षमतामा समेत असर पर्ने चिकित्सकहरू बताउँछन्। यसबाट पर्न सक्ने केही असरहरूः

  • एकाग्रताको कमी
  • स्मृतिमा प्रभाव
  • मस्तिष्कको निर्णय क्षमतामा प्रभाव
  • भावनात्मक स्वास्थ्य प्रभावित हुन्छ जसका कारण झर्को लाग्ने र रिस उठ्ने हुन्छ
  • दिउँसोको समयमा निद्रा
  • डिप्रेसन र चिन्ताको समस्या
  • ऊर्जाको कमी
  • रक्तचापमा प्रभाव
  • हृदयरोगको जोखिम
  • यदि तपाईँलाई मधुमेह छ भने, तपाईँको रोगसँग लड्ने क्षमता कम हुन्छ।
  • थकान लाग्ने

कति सुत्नु पर्छ ?

नवजात शिशुले धेरै घण्टा सुत्नु पर्ने चिकित्सकहरू बताउँछन् तर उमेर बढेसँगै निद्रा कम हुन थाल्छ। डा जेसी सुरीले स्लीप फाउन्डेसनको एक अध्ययन उद्धृत गर्दै नवजात शिशुले १४ देखि १७ घण्टा र १४ देखि १७ वर्षका किशोर किशोरीहरूले आठदेखि दश घण्टा सुत्नुपर्ने बताउनुभयो।

उहाँका अनुसार १८ देखि २६ वर्षका युवा र २६ देखि ६४ वर्षका व्यक्तिले सातदेखि नौ घण्टा र ६५ वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरूले सात देखि आठ घण्टा सुत्ने गर्नुपर्छ।

चिकित्सकहरूका अनुसार हाम्रो जीवन पनि दिन र रात अनुसार चल्छ। हामी दिनमा सक्रिय भएर काम गर्छौँ र राती सुत्छौँ। त्यही अनुसार खाना पनि खान्छौँ। हाम्रो मस्तिष्क र शरीरका सबै कार्यहरू सुचारु रूपमा सञ्चालन गर्नको लागि निद्रा निकै महत्त्वपूर्ण छ।

चिकित्सकहरू सुत्न नसक्ने मानिसहरूलाई निदाउनका लागि केही अभ्यास गर्न सल्लाह दिन्छन्। जस अनुसार दिउँसो नसुत्न र साँझ परेपछि वा राति चिया वा कफी नपिउन चिकित्सकहरूको सल्लाह छ।

चिकित्सकहरूका अनुसार कतिपय मानिसहरूको जन्मजात नै श्वासप्रश्वास कम हुने समस्या हुन्छ। तौल बढेसँगै यो अवस्था बढ्दै गएर समस्या बन्न सक्छ। यस्तो अवस्थामा सक्रिय जीवनशैली अपनाउनुपर्छ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com