- गलत जोडीको छनोट,समस्या समाधान गर्न नजान्नु, गलत सल्लाहलिनु, हकखोज्ने तर कर्तव्य पूरा नगर्ने बानीभएमा, अस्वस्थ र असुरक्षित परिवार, गलत कारणबाट अभिप्रेरित भएर विवाह गर्नु ,श्रीमान् र श्रीमतीआ–आफ्नो कर्तव्यमा चुक्नु , आफ्नो जोडीको बारेमा बुझ्न र भिन्नता थाहा पाउन समय नबिताउनु,
- घरायसी काम कर्तव्यमा विश्वासयोग्य नहुनु, बाल–बच्चा हुर्काउने कार्यमा असमझदारिता
- पेसा नहुनु र आर्थिक रूपमा टाट पल्टिनु, मद्यपान, कुटपिट र कलह ,रिस तथा क्रोध, झुटो कुराहरू गर्नु ,यौन रोग तथा यौन असन्तुष्टता, सञ्चार नहुनु वा गडबडी हुनु, योजना र उद्देश्य नमिल्नु
समस्याको समाधान (परामर्श)
दाम्पत्य जीवनमा आइपरेका समस्याको वास्तविक कारण पत्ता लागेपछि त्यसलाई समाधान गर्नुपर्छ। यसको निम्ति पति वा पत्नी दुवै जनाले मूल्य चुकाउनुपर्छ। जसको निम्ति माथिका कुराहरू राम्रोसग अध्ययन गरेर इमान्दारीपूर्वक व्यवहारमा कार्यान्वयन गर्नुहोस्। अतः यी खण्डहरूमा वर्णन गरिएका कुराहरूको संक्षिप्त जानकारी यस प्रकार छः
– विवाहलाई बोट बिरुवाझैँ हुर्काउनुपर्छ।
– विवाहपश्चात् दुई प्राणी एक हुन्छन्। शरीर दुई भए पनि एउटै प्राण सम्झनुपर्छ।
– जीवन–साथीको महत्व अनुसार एउटाले अर्कोलाई कदर गर्नुपर्छ।
– आफ्नो जोडीको बारेमा जानकारी लिन सधैंँ समय बिताउनुपर्छ।
– एउटाले अर्कोको प्रशंसा वा कदर गर्नुपर्छ।
– एउटाले अर्कोलाई सधँैं सहयोग गर्नुपर्छ।
– आफू जान्ने–सुन्ने होइन, तर सेवकको हृृदय हुनुपर्छ।
– हरेक व्यक्तिमा कमजोर र बलिया पक्षहरू हुन्छन् भन्ने बिर्सनु ह“ुदैन।
– शारीरिक प्रेममा (यौन कार्यमा) दक्षता हासिल गर्नुपर्छ।
– असल अभिभावक बन्न पूरा तयारी गर्नुपर्छ र मूल्य चुकाउनुपर्छ।
– परिवारको पालन–पोषणमा विशेष ध्यान दिनुपर्छ।
– जोडीबाट आफूले जे चाहनुहुन्छ आफूले पहिला त्यस्तै गर्नुपर्छ।
– विवाहको अन्तर्सम्बन्धमा सधैंँ होसियार हुनुपर्छ।