‘‘हृदयघातका लक्षण“ महिला र पुरुषमा फरक-फरक देखिन्छन्

  • हृदयघात अर्थात् हर्ट अट्याक एक गम्भीर स्वास्थ्य समस्या हो । रक्तनली अर्थात् धमनीमा अचानक अवरोध वा रक्तसञ्चारमा कमी हुने अवस्थालाई हृदयघात भनिन्छ । यसबाट वयस्क महिला र पुरुष मात्र नभई बालबालिकाले पनि ज्यान गुमाइरहेका छन् ।
  • हृदयघात बढ्नुको मुख्य कारण खराब जीवनशैली र खानपान हो भने उच्च रक्तचापको समस्या पनि एक कारक हो । त्यसैले पहिल्यैदेखि उच्च रक्तचापको समस्या भएका व्यक्तिले अझ बढी स्वास्थ्यमा ध्यान दिनुपर्छ । साथै स्वस्थ खानपान र स्वस्थ जीवनशैली अपनाएर हृदयघातको जोखिम कम गर्न सकिन्छ ।
  • अनुसन्धानअनुसार हृदयघात हुनु २४ घण्टा अगाडि शरीरमा केही लक्षण देखापर्छ । तर महिला र पुरुषमा देखिने लक्षण भिन्नाभिन्नै हुन्छ ।

महिलामा देखिने लक्षण

लैसेटी डिजिटल हेल्थ फ्राइडेमा प्रकाशित एक अनुसन्धानको रिपोर्टअनुसार धेरैजसो असामान्य हृदयघातका लक्षण महिलामा बढी हुने आशंका गरिएको छ । यस्तो अवस्थामा महिलालाई पहिला सास फेर्न गाह्रो हुने समस्या देखिन्छ । यसबाहेक हृदयघात आउनुभन्दा पहिला छाती दुख्ने, रिंगटा लाग्ने, पेट दुख्ने, असहज महसुस हुने, अत्याधिक कमजोर महसुस हुने, बान्ता आउने जस्ता लक्षण देखापर्न सक्छ ।

पुरुषमा देखिने लक्षण

अनुसन्धान रिपोर्टका अनुसार पुरुषलाई हृदयघात हुँदा एक्कासि छाती दुख्ने वा छातीमा ढुंगाले थिचे जस्तो अनुभव हुन्छ । सुरुमा छातीको बीच भाग दुख्ने तथा भारी हुन्छ र विस्तारै दुखाइ सर्दै जान्छ । यसबाहेक विना कारण घाँटी दुख्ने, चिउँडो दुख्ने समस्या देखापर्छ । यस्तो लक्षण देखापरेमा चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com