- पहिला आफ्नो विचार बदल त्यसपछी संसार बदलिएको पाउनेछौ ।
- पहिले तिमी उज्यालो तर्फ फर्क त्यसछी छायाँ स्वतः पछी पर्नेछ ।
- लक्ष्य लिएर अघि बढ्नुले सबैथोक बदलिदिन्छ ।
- जुन कामप्रती तिमीलाई प्रेम छ हो त्यही गर, त्यसपछी पैसा उर्लेर आउनेछ ।
- आलोचनाबाट बच्ने तिन उपाय छन्, केही नगर, केही नभन, केही नबन ।
- संसारको सबैभन्दा शुन्दर चिज न देख्न सकिन्छ न त सुन्न नै यसलाई हामीले हृदयबाट अनुभूत गर्नुपर्दछ ।
- हामी जे बन्न सक्थ्यो त्यो बन्नका लागि अझै कत्ती पनि ढिला भएको छैन ।
- प्रकृतीमा बाँच्ने सबैभन्दा बलियो प्रजाती होइन बरू त्यो हो जसले समयसँगै आफूमा परिवर्तन ल्याउन सक्छन ।
- निराशावादी हर अवसरमा समस्या देख्दछ भने आशावादी हर समस्यामा अवसर देख्दछ ।
- मलाई असल आमा देऊ र म तिमीलाई असल राष्ट्र दिनेछु ।
- मानिस जन्मदा स्वतन्त्र जन्मछ त्यसपछी उ चौतर्फी सांगलोले बाधिन्छ ।
- प्रजातन्त्र जनताको लागि जनताद्वारा गरिने शासन पद्दती हो ।
- ज्ञान भन्दा ठूलो अर्को कुनै गुरू हुँदैन ।
विश्वप्रसिद्ध भनाइहरु