यो संसार अनौठो छ, अझ यसको संरचनाका बारेमा अध्ययन गर्ने हो हाम्रो मस्तिष्कले ठम्याउनै गार्हो छ । हाम्रो सौर्य मण्डलका बारेमा अध्ययन गर्ने बैज्ञानिकहरुले अनुसन्धानका क्रममा केहि यस्ता रोचक तथ्यहरु पता लगाएका छन् । जसको बारेमा थाहा पाउँदा हामी छक्क पर्न सक्छौ ।
१. हाम्रो पृथ्वीमा जति बालुवाका कणहरु छन् त्यसभन्दा बढि ताराहरु ब्रम्हाडमा छन् । यो भनाई बैज्ञानिकहरुको हो । उनीहरुका अध्ययन अनुसार वा गणितीय हिसाब अनुसार यस ब्रम्हाण्डमा गन्नै नसकिने ताराहरु रहेका छन् ।
२. यदि हामीलाई कसैले प्रश्न सोध्छ कि सूर्यको नजिक रहेको ग्रह धेरै तातो छ कि सूर्यभन्दा दूई गुणा टाढा रहेको ग्रह धेरै तातो छ ? भने हाम्रो सामान्य जवाफ नजिक रहेको ग्रह धेरै तातो छ भन्ने हुन सक्छ तर सूर्य देखि बुध ग्रह ५८ मिलियन किलोमीटर टाढा छ र शुक्र ग्रह १०८ मिलियन कि.मी. टाढा रहेको छ तर बुध ग्रहको धरातलको तापक्रम ४२५ डिग्री सेन्टीग्रेड छ भने शुक्र ग्रहको धरातलको तापक्रम ४६८ डिग्री सेन्टीग्रेड छ । शुक्र ग्रहको तापक्रम बढि हुनुको कारण त्यहाँको बाक्लो वातावरण थुप्रै ज्वालामुखीहरु हुन् । जसले शुक्र ग्रहको तापक्रमलाई प्रभावित गरेको छ ।
३. यदि हाम्रो सौर्य मण्डलको आठै वटा ग्रहलाई पानीमा डुबाउने हो भने एउटा ग्रह मात्र पानीमा तैरिनेछ, त्यो हो ‘शनि ग्रह’ । शनि ग्रहलाई पानीमा डुबाउन सके यो ग्रह पानीमा बरफ जस्तै तैरिनेछ । यसको दूई भाग पानी भित्र र एक भाग पानी बाहिर रहनेछ । शनि सौर्यमण्डलको दोस्रो ठूलो ग्रह हो । शनि हाइड्रोजन र हीलियम ग्याँसले बनिएको एक ग्याँस ग्रह हो । यसको घनत्व ०.७ ग्राम प्रति से.मी. रहेको छ । शनिको व्यास पृथ्वी भन्दा ९ गुणा ठूलो छ । शनि ग्रहमा स्पेस क्राफ्ट ओराल्न सकिदैन किनकी त्यहाँको धरातल भास्सिने खालको रहेको छ ।
४. बृहस्पति ग्रह सौर्य मण्डलको सबैभन्दा ठूलो ग्रह हो । बृहस्पतिले सौर्य मण्डलमा भ्याकुम क्लीनरको काम गर्छ । अंतरिक्षमा जथाभावी घुम्दै हिडेका धुम्रकेतुहरु उल्काहरु र चट्टानहरुलाई यसले आफ्नो आकर्षणले आफूतिर तानेर समाहित गर्छ वा त्यसको दिशा परिवर्तन गरिदिन्छ । यदि यस्तो नहुन्थ्यो भने अन्तरिक्षबाट पृथ्वीमा आउने स्पेस अब्जेक्टको संख्या दश हजार गुणा बढि हुने थियो । हरेक दिन ७५ मिलियन भन्दा बढि स्पेस अब्जेक्ट पृथ्वीको वातावरणमा प्रवेश गर्छन् र पृथ्वीको गुरुत्वाकर्षणबाट निस्केको घर्षणका कारण जलेर नष्ट हुन्छ र पृथ्वीसम्म त्यसको धूलोको कणहरु मात्र पुग्छ । बृहस्पति ग्रहको तौल हाम्रो सौर्यमण्डलको मात्र होइन हाम्रो आकाशगंगाका सबै ग्रहहरुको तौलको जोड भन्दा बढि रहेको छ ।
५. प्लूटो ग्रहको १ वर्ष पृथ्वीको २४८ वर्ष हुन्छ । प्लूटोको १ दिन पृथ्वीको ६.३९ दिन बराबर हुन्छ । यदि हामी आफ्नो जन्मदिन मनाउँछौ भने त्यहाँ हरेक ५३ दिनमा हामी आफ्नो जन्मदिन मनाउन सक्छौ ।
६. पृथ्वीमा सूर्योदय देखि सूर्यास्त र सूर्यास्त देखि सूर्योदयको समयको जोड २४ घण्टा हुन्छ तर यूरेनस ग्रहमा सूर्य उदाए पछि ४२ वर्ष सम्म उदाई रहन्छ र अस्ताए पछि ४२ वर्ष पछि मात्र उदाउँछ । यूरेनस सौर्य मण्डलको तेस्रो ठूलो ग्रह हो । यूरेनसले सूर्यलाई एक फन्को लगाउन ८४ वर्ष लाग्छ ।
७. यस संसारमा एकपटक जन्मे पछि एक दिन अवश्य मर्नुपर्छ । यो हरेक कुरामा लागू हुन्छ । यो पृथ्वीको मात्र होइन, यस सम्पूर्ण ब्रम्हाण्डको सत्य हो । यो कुरा सूर्यमा पनि लागू हुनेछ । अहिले सूर्यको उमेर ५ बिलियन वर्ष रहेको छ भने यसको शेष उमेर यति नै रहेको छ । सूर्यले अहिले सम्ममा आफ्नो आधी उमेर बिताई सकेको छ ।
सौर्य मण्डलका केहि रोचक तथ्यहरु