अंग्रेजीको अनिवार्यता आज हामी कसैबाट छुपेको छैन । अंग्रेजीमा पनि धेरै राम्रो अंक ल्याउन सकिन्छ । अंग्रेजीको परीक्षा दिँदा निम्न कुरामा ख्याल गर्नुपर्छः
- स्पेलिङ ठीक लेख्नुपर्छ । स्पेलिङ मिस्टेकको अंक काटिन्छ ।
- ग्रामर मिलेको हुनुपर्छ ।
- लेटर, स्टोरी, पोयम आदिमा जे सोधिएको छ त्यसलाई सही र सान्दर्भिक उत्तर लेख्नुपर्छ ।
- अनसिन प्यासेज तब मात्र गर्न सकिन्छ जब विद्यार्थीलाई अंग्रेजीको ज्ञान राम्रो होस् । प्यासेज ध्यानपूर्वक पढ्नुपर्छ । प्रश्नको उत्तर प्यासेजभित्र नै हुन्छ ।
- निर्धारित पाठ्यपुस्तकको तयारी पूरापूरा गरिएको छ भने ध्यानमा आईहाल्छ कि प्याराग्राफ कहाँबाट आएको छ । त्यसपछि त सोधिएको प्रश्नको उत्तर राम्ररी गर्न सकिन्छ ।
- भाषा विषयको परीक्षामा शुद्धता तथा सफाइमा विशेष अंक दिइन्छ । यसको पनि ध्यान राख्नुपर्छ ।