नेपालका प्रमुख धर्म कुनकुन हुन् ?

नेपालका प्रमुख धर्म कुनकुन हुन् ?
नेपालमा कुल १० वटा धर्म मान्ने मानिस रहेको विवरण कार्यालयले सार्वजनिक गरेको छ।
तीमध्ये सबैभन्दा बढी हिन्दू धर्मावलम्बी रहेको जनगणनाले देखाएको छ।

उक्त जनगणनामा सन् २०२१ को नोभेम्बर २५ तारिखसम्मको विवरण समेटिएको छ।
नेपालमा हाल ८१.१९ प्रतिशत हिन्दूको जनसङ्ख्या रहेको जनगणनाले देखाएको छ।

त्यस्तो दोस्रो स्थानमा रहेको बौद्ध धर्मावलम्बीको सङ्ख्या ८.२१ प्रतिशत, तेस्रो स्थानमा रहेको इस्लामको ५.०९ प्रतिशत र चौथो स्थानमा रहेको किराँतको ३.१७ प्रतिशत जनसङ्ख्या छ। त्यस्तै इसाईहरूको जनसङ्ख्या १.७६ प्रतिशत तथा प्राकृत धर्म मान्नेहरूको सङ्ख्या ०.३५ प्रतिशत रहेको जनगणनाले देखाएको छ।

कसको जनसङ्ख्या घट्दै छ ?
पछिल्ला केही जनगणनाका तथ्याङ्कहरू हेर्दा नेपालको दोस्रो प्रमुख धर्म बौद्धसहित चारवटा धर्म मान्नेहरूको सङ्ख्या घट्दो देखिएको छ।

बीबीसी न्यूज नेपालीले सन् १९५२÷५४ देखि हालसम्म भएका जनगणनाको धर्मसम्बन्धी जनसङ्ख्याको विवरण अध्ययन गरेको छ।

सन् १९९१ मा जनगणना गर्नुअघिसम्म नेपालका कतिपय धर्महरूलाई छुट्टै पहिचानका आधारमा समेटिने गरेको थिएन।

पछिल्ला तीनवटा जनगणनाका आधारमा हेर्दा बौद्ध धर्मका अनुयायीको जनसङ्ख्या घटेको देखिन्छ।
त्यस्तै प्राकृत धर्म मान्नेहरूको जनसङ्ख्या पनि अघिल्लो जनगणनाका तुलनामा कम भएको देखिएको छ।
तीबाहेक अन्य धर्मावलम्बीको सङ्ख्या बढिरहेको देखिन्छ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com