प्रेरक कथा (इमान्दारीता)

एक जना गाउँका प्रतिष्ठित व्यक्तिले सबै गाउँले भेला भएको बेला घोषणा गरे– ‘भोली एउटा भव्य पार्टी हुँदैछ ।त्यो पार्टीका लागि खीर बनाउन प्रत्येक घरबाट एक–एक लिटर दूध गाउँको बीचमा राखिएको एउटा ठूलो कडाहीमा हाल्नु होला ।’ भोलीपल्ट उज्यालो नहुँदै झिसमिसेमै सबै गाउँलेले कडाहीमा दूध हाल्न सुरू गरे । तर अच्चम बिहान हेर्दा कडाही त पानीले भरिएको थियो । सबै गाउँले यो सोच्दै पानी हालेर गएकि आखिर सबै दूध हालेर गइराछन् त म एकजनाले पानी हालेर के नै फरक पर्छ र ?

प्रत्येक व्यक्तिले इमान्दारी पूर्वक गरेको प्रयासले नै कुनै सामूहिक कार्यलाई सफल बनाउन सक्छ । जतिखेर हामी सोच्न सुरू गर्छौ कि अरूले गरेको प्रयासले नै मेरो काम पनि भइहाल्छ त्यतिखेर नै असफलताको सुरूवात हुन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com